Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

पार्टीभित्र देखिएको गतिरोध आन्तरिक होः प्रम ओली

Screenshot_20200710-21201-1594397481.jpg

२६ असार, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको गतिरोध आन्तरिक भएको बताएका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले नेकपामा अहिले उठेका विषय नियमित प्रक्रिया भएकाले पार्टीले सुल्झाउने बताएका छन् ।“अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरूप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो,” उनले सम्बोधनमा भने, “महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरू पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् ।”

 

 

यसलाई निष्कर्षमा पुर्‍याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरूकै भएको उनको ठहर  छ । “पार्टीभित्र हुने यस्ता छलफल, बहस र विमतिहरू तिनका नितान्त आन्तरिक र कतिपय अवस्थामा नियमित प्रक्रिया पनि हुन । यस्ता विषयहरू सम्बन्धित दल र तिनका नेताहरूले आपसी छलफलबाटै सुल्झाउने छन् । यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ,” उनले थप  भनेका छन् ।

अहिले चर्चामा रहेका राजनीतिक परिदृश्यका कारण कतिपयमा राजनीतिक स्थिरता, स्थायित्व र स्थापित प्रणालीप्रति चिन्ता र संवेदनशीलता बढेको पनि हुनसक्ने औंल्याएका छन् । उनले भनेका छन्, “म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरूका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उँचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।”

# बाह्रखरीबाट 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार