Health-Adv-1581264730.jpg

कला/संस्कृति

पार्लियामेन्ट

Utshab-1599487534.jpg

- उत्सब चौलागाईं

सखारै मझेरीमा
चिरबिराउँछन् चराहरू
टिप्छन् धान, मकै कोदो
र तोरीका दाना
झुत्तिखेल्छन् आँगन छेउ थाक्राहरूमा
गर्छन् होड्बाजी को भन्दा को कम ।

चराहरूसँगै
लडीबुडी गर्छन् केटाकेटीहरू
खेल्छन् टालाटुली बाटुली
यति यति पानी गङ्गे रानी
बनाउँछन् माटोको घर
बन्छन् बेहुला र बेहुली
गर्छन जिजीविषाको अभ्यास
पोखेर आर्गानिक शैशव चञ्चलता ।

धुलो मैलो हुन्छन्
ताप्छन् लालीमाको न्यानो
उन्मुक्त आमोद-प्रमोद मनोभावमा ।

घाम छिपिदै जाँदा
फेरिदै जान्छ चराहरूका लय
हराउँदै जान्छ उनीहरूका चकचक
पङ्ख फिजाएर उडी जान्छन् कतै टाढा
केटाकेटीहरू भत्काउँछन् माटोको घर
लाग्छन् आ-आफ्नो बाटो
अलप हुन्छन् आँखाहरूबाट ।

मध्यदिन
शून्य शून्य छ आँगन
चराहरु छैनन्
चिरबिर छैन
छैनन् केटाकेटीहरू
खस्नै लागेको धुरी मात्र टोलारहन्छ अजस्र ।

सन्ध्याकाल
बिर्सेर मनोरम आँगन
सखारैको आपसी प्रेम र सद्भाव
प….र…. बाँसको झ्याङ्तिर झगडिन्छन्
अगि नै एकैसाथ झुत्ति खेल्ने चराहरू ।

मच्चेको छ स्वर
हिर्काइरहन्छन्
सङ्घार, झ्याल, ढोका र पालीमा
बेमेल कर्कश आवाजहरूले ।

केटाकेटीहरू
ङ्यारङ्यारङुरङुर गर्छन्
मन अमिलो पार्छन्
खिन्न मान्छन्
रुन्छन्
र भन्छन्
अँध्यारो मन पर्दैन ।

यी सबै गतिविधि हेरिरहेछु म ।

अन्न टिपिरहेका चराहरूसँगै
बिहान हेरिरहन्छु
र सम्झन्छु
मरुभूमिमा पसिना बगाइरहेको भाइ ।

लालाबालाको माटोको घरसँगै
मध्यदिन हेरिरहन्छु
र सम्झन्छु
आगोले खाएको सुकुम्बासी बस्ती ।

चराहरूको कर्कश आवाज
र केटाकेटीहरूको छटपटीसँगै
सन्ध्या हेरिरहन्छु
र सम्झन्छु
मेरो देशको पार्लियामेन्ट ।


समाचार मन परे लाईक गर्नुहोस्




NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Tobaaco-1592046833.jpg
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडाको चुरेहिल अस्पतालको इमर्जेन्सी सिल
20200919_184253-1600520430.jpg

३ असोज, हेटौंडा । हेटौंडाको चुरे हिल अस्पतालको इमर्जेन्सी सिल गरिएको छ । संक्रमित एक युवाको इमर्जेन्सी कक्षमा...

मूर्ती विसर्जनका क्रममा विवाद हुँदा मंलगवामा कर्फ्यु
sarlahisss-1600520152.jpg

३ असोज, हेटौंडा । सर्लाहीको मलंगवामा दुई पक्षबीच विवाद भएपछि कर्फ्यु लगाइएको छ । शुक्रबार विश्वकर्मा पूजाको...

आजबाट आइपिएल सुरु, उद्घाटनखेलमा चेन्नई र मुम्बई भिड्दै
ipl-2020-players-auction-1600519445.jpg

३ असोज, हेटौंडा । इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण उद्धघाटन खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई...

काठमाडौं उपत्यकामा थपिए ७११ जना संक्रमित
07_07_2020-coronavairs_20-1600519137.jpg

३ असोज, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका ७११ जनामा कोरोना संक्रमणको...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
1593851771_He-became-ill-1600515779.jpg

३ असोज, हेटौंडा । नेपालमा आज शनिवारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा...

शनिबार १४४७ जना भए कोरोना मुक्त
20200903_162905-1600513109.jpg

३ असोज,हेटौँडा। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ कोरोना  संक्रमित थपिदा १४४७  कोरोना मुक्त  भएर...

कोरोना अपडेट: शनिबार थपिए १२०४ कोरोना संक्रमित
20200918_162426-1600512971.jpg

३ असोज ,हेटौँडा। नेपालमा शनिबार  १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...

नेवारपानी दुर्घटना : कोरोना भएपछि होम आईसोलेसनमा बस्न जाँदै गर्दा मृत्यु
Death-1600510549.jpg

३ असोज, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत  हेटौंडा–१९ नेवारपानी नजिक सवारी दुर्घटनामा मृत्यु भएका युवक...

हेटौँडा-११ को डाङडुङ्गे सामुदायिक वनको कार्यालयमा तालाबन्दी 
Dandunge-1600509051.jpg

३ असोज, हेटौंडा । हेटौँडा–११ मा रहेको डाङडुङ्गे सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा उपभोक्ताले तालबन्दी...

थप समाचार
Shivam-1570168772.png