३१ बैशाख, हेटौँडा । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ ।
लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरेका छन् ।
एक्कासी ज्वरो आएपछि आइतबार साँझ उनलाई अस्पताल भर्ना गरिएको थियो । आन्तरिक रक्तश्रावका कारण उनको मृत्यु भएको बताइएको छ ।
शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् ।
सन् १९८४ देखि १९९८ सम्म लगातार १३ वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलेका शाहले १० अन्तर्रा्ष्ट्रिय गोल गरेका छन् ।
सन् १९९८ को एसियाली खेलकुदमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका शाह एसियाली खेलकुदमा देशको झण्डा बोक्ने अहिलेसम्म नै एक मात्र फुटबल खेलाडी हुन् । उनका श्रीमती र १ छोरी छन् ।
८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...
८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...
८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ...
८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...
७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...
७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...
२७ चैत, हेटौंडा । हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड आजबाट...
३० चैत, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले हावाहुरी प्रभावित एक परिवारलाई सहयोग गरेको छ । बिहिबार साँझ...