Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेशसभामा मूख्यमन्त्रीका स्वकीयको हिनामिनादेखि राजधानीसम्मको चर्चा

Pradesh-Photo-1555588553.JPG

४ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशसभामा विहिबार मूख्यमन्त्री डोरमणी पौडेलका स्वकीय सचिवको हिनामिनादेखि राजधानीसम्मको विषयले चर्चा पाएको छ ।
प्रदेशसभाको शुन्य समयमा बोल्दै २९ सांसदहरुले आफ्नो क्षेत्रको समस्याका साथै समसायिक विषयमा आफ्नो धारणा राखेका थिए । शुन्य समयमा बोल्दै सांसद न्हुच्छेनारायण श्रेष्ठले ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले भ्रष्टाचारप्रति शुन्य सहनशिलताको प्रतिवद्धता जनाउने गरेपनि उनकै स्वकीय सचिव अनुप पौडेल संलग्न गैरसरकारी संस्थाले अनियमितता गरेको समाचार बाहिर आएको बताएका थिए । चेपाङ बाहुल्य क्षेत्रमा विद्यालय बनाउने नाममा भएको अनियमिताको सत्यतथ्य बाहिर ल्याउन सार्वजनिक लेखा समितिका सभापति समेत रहेका श्रेष्ठले माग गरेका थिए । 
उनले अस्थायी राजधानीको मानसिकता सरकारमा पनि रहेको भन्दै विकासमा समेत यस्तै मानसिकताले काम गरेको बताए । उनले एकातर्फ विकास बजेट खर्च नहुने र अर्कोतर्फ विकासको आशामा जनता रहने अवस्थाको अन्त्यका लागि यथाशिघ्र बजेट कार्यान्वयनका लागि ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 
प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले स्थायी राजधानीको टुंगो छिटो लगाउनुपर्ने माग राखे । त्यस्तै विजया श्रेष्ठ केसीले प्रदेश सरकारले विभिन्न विषयमा पुस्तक प्रकाशन गरिरहेको भन्दै मितव्ययीताका लागि यसको सट्टा ई–लाईब्रेरीको व्यवस्था गर्नु जरुरी रहेको बताईन् । सांसद रमेश पौड्यालले ललिता निवासको जग्गा खरिद गर्नेलाई क्षतिपूर्ति दिनुपर्ने विषयलाई व्यंग्य गरेका थिए ।
प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, रत्न ढकाल, प्रदिपकुमार कटुवाल केसी क्षेत्री लगायतले राजधानीबारे छिटै टुंगो लगाउनुपर्ने माग गरेका थिए । त्यस्तै, सांसद रजनी अमात्य जोन्छेले भक्तपुरमा खानेपानीको समस्या समाधान र बाहिरि चक्रपथको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएकी थिईन् । 
सांसद राधा घलले प्रदेशसभामा संघीय सरकारका गतिविधिबारे उठेका प्रश्नहरुको रेकर्ड संघीय सरकारलाई उपलव्ध हुने व्यवस्था मिलाउन र मन्त्रीहरुको जवाफ दिने शैली सुधार्नुपर्नेमा जोड दिएकी थिईन् । प्रदेशसभा सदस्यहरुले विकास बजेट अहिलेसम्म कार्यान्वयनमा नआएको भन्दै असारमा बजेट खर्च गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार