Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालय थानाभर्याङमा

yayatyat-1548251931.jpg

९ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को यातायात व्यवस्था सेवा कार्यालयको सेवा स्तरोन्नती सहित कार्यालय बुधबारबाट हेटौंडा ११ थानाभर्याङमा संचालनमा आएको  छ । 
 हेटौंडा ११ थानाभर्याङमा कार्यालयको  बुधबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद््घाटन गरेसंगै सेवा स्तरोन्नती सहित कार्यालय सुरु भएको हो । 
उद््घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले कार्यालय स्थापनाले यातायातको सेवाका लागि अब काठमाडौँ वा अर्को प्रदेशमा धाउनुपर्ने नपर्ने बताएका छन ।  
मुख्यमन्त्री पौडेलले यातायातको सेवामा अझै थप गर्नुपर्ने बताउदै छिटो छरितो सहज सेवा प्रदान गर्न माताहतका कर्मचारीलाई निर्देशन समेत दिएका छन । 
 कार्यालयले तत्काल लाइसेन्स प्रक्रियाबाहेक सवारी दर्ता लगायतका सबै सेवा प्रदान गर्ने कार्यालय प्रमुख पोषण थापाले बताए ।
कार्यालयको उद्घघाटनपछि मुख्यमन्त्री पौडेलले प्रयोग गर्ने विद्युतीय कारको नम्बर दर्ता गरिएको छ । यस्तै बुधबारै सवारी धनी पार्वती तिमल्सिनाको निजी मोटरसाइकल र पालुङका मनोहर कार्कीको भाडाको तिनपाङग्रे टेम्पोको सवारी नम्बर समेत दर्ता गराएको छ ।कार्यक्रममा भौतिक पुर्वाधार तथा योजना मन्त्रालयका सचिव कौशल किशोर झाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं ३ का प्रमुख सचिव आनन्दराज ढकाल, हेटौंडा ११ नं वडाका अध्यक्ष गोकर्ण पराजुली लगायतको सहभागिता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार