Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश संसदको अधिकार खोस्न खोजेको आरोप

Pradesh-Sava-1534161234.JPG

२८ साउन, हेटौँडा । २४ दिनपछि बसेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ ।

प्रदेश सभा बैठकमा सोमबार प्रस्तुत भएका ३ वटा विधेयक प्रस्तुत भएका थिए । प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ‘प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘प्रदेश प्रशासकीय कार्यविधि (नियमित गर्ने) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरेका थिए ।

प्रदेशसभा बैठकमा प्रदेश प्रशासकीय कार्यविधि सम्बन्धी विधेयकमाथि प्रदेशसभा सदस्य राधा घले र रमेश पौड्यालले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्विकृत भएको थियो । प्रदेशसभा बैठकमा प्रदेश मामिला समितिका सभापति माधवप्रसाद पौडेलले ‘मूख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिले बनाएको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभालाई सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा नियामावली संशोधन समितिको म्याद १५ दिन थपेको जानकारी दिएका थिए ।

प्रदेश प्रशासकीय कार्यविधिसम्बन्धी विधेयकमाथि छलफल गर्दै प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले संसदको अधिकार खोसेर प्रदेश सरकारले दुई तिहाईको दम्भ देखाउन खोजेको बताएका थिए । उनीहरुले प्रदेश दुग्ध विकास बोर्ड कार्यकर्ता भर्ति गर्ने उद्देश्यले आएको भन्दै विरोध गरेका थिए । बैठकमा प्रदेश सभा सचिवालय सम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिने प्रदेशसभा सदस्यहरुले विधेयक ढिलो आएको भन्दै आलोचना गर्दै सचिवालयलाई समावेशी बनाउन सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार