Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश सदस्यले सोधे–रात्रीभोजका लागि १० लाख किन ?

IMG_0193-1530357501.JPG

१६ असार, हेटौँडा । सुशासनलाई आफ्नो पहिलो प्राथमिकता भन्ने प्रदेश ३ को सरकारले रात्रिभोजका लागि १० लाख रुपैँया बजेट विनियोजन गरेपछि विरोध शुरु भएको छ । बजेट पारित भएपछिको रात्रिभोजका लागि १० लाख रुपैँया विनियोजन गरेपछि प्रदेशसभामा विरोध भएको हो । प्रदेशसभा बैठकमा शनिबार बोल्दै राप्रपा प्रजातान्त्रिककी प्रदेशसभा सदस्य रिना गुरुङले रात्री भोजका लागि छुट्याईएकोे भन्दै आपत्ति जनाईन् । बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । उनले यहि बजेटलाई फजुल खर्च भन्दै विरोध गरेकी हुन् । उनले जनतासंग सभासद शिर्षकमा छुट्याईएको ३९ लाख रुपैँयाको समेत विरोध गरिन् । संचारक्षेत्र र धार्मिक पर्यटनप्रति प्रदेश सरकार उदासिन देखिएको उनको भनाई थियो ।
बैठकमा बोल्दै नेकपाका प्रदेशसभा सदस्य पशुपति चौलगाईले बजेटले सहकारी क्षेत्रलाई समेट्न नसकेको बताए । उनले यसअघि नै डिपिआर भईसकेका योजनामा पुनः डिपिआरका लागि बजेट विनियोजन गरिएको भन्दै यसबारे ध्यान दिन सुझाव दिए । कांग्रेस प्रदेशसभा सदस्य गिता वाग्लेले द्ुई तिहाईको दम्भ बजेटमा देखिएको भन्दै आफुलाई मात्रै हेरेर नभई जनतालाई हेरेर बजेट बनाउन सरकारलाई सुझाव दिईन् । उनले त्रिवेणी–देवघाटधाम धार्मिक पर्यटन, सुकुम्बासी व्यवस्थापन, चितवनलाई मेडिकल शहर बनाउने जस्ता मुद्धा बजेटमा ओझेलमा परेको बताईन् । 
विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेट समृद्धिको गहिराईतर्फ नगएको र कनिका छर्ने काम मात्रै भएको बताए । उनले औसत गैरसरकारी संस्थाले ल्याउने जस्तो गरी बजेट आएको भन्दै सुधारका लागि सुझाव दिए । उनले प्रदेश गौरवका योजना, संसद सचिवालय र विषयगत समितिलाई न्यून बजेट छुट्याएको भन्दै आलोचना गरे । बैठकमा प्रदेशसभा सदस्यहरु विशाल खड्का, नारायणबहादुर सिल्वाल, भीमसेन खत्रि लगायतले धारणा राखेका थिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार