Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश सभामा कोइरालाले गरिन् यस्तो सम्बोधन 

IMG_0087-1524563507.JPG

११ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन गरेकी छिन् ।
प्रदेशसभा बैठकमा बोल्दै कोइरालाले देश र प्रदेशको विकासका लागि विभाजित नभई अघि बढ्नुको विकल्प नरहेको बताईन् । उनले आपसी एकता र समझदारी कायम गर्दै विकास र समृद्धिको चरणमा अघि बढ्नुपर्नेमा जोड दिईन् । भुकम्प गएको ३ बर्ष भईसक्दा पनि ३० प्रतिशत भुकम्प पीडितले मात्रै आंशिक अनुदान पाएको भन्दै उनीहरुलाई यथाशिघ्र छानामुनी ल्याउनु जरुरी रहेको प्रदेश प्रमुख कोइरालाको भनाई छ । 
उनले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमले प्रदेश विकासको व्यवस्थित अवधारणा अघि सार्ने बताईन् । मंगलबार नै बसेको दोस्रो बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश प्रमुखको सम्बोधनको प्रति टेवल गरेका थिए भने प्रदेशसभा सदस्य रामेश्वर फुयालले प्रदेश प्रमुख कोइरालाप्रति धन्यवाद प्रस्ताव राखेका थिए । धन्यवाद प्रस्ताव सर्वसम्मत पारित भएको थियो । 
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यहरुको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनि मन्त्रीपरिषद बैठकले गरेको निर्णय प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पठाएको मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनु भएको थियो । प्रदेशसभा बैठक बैशाख १३ गतेसम्म ११ बजेसम्मका लागि स्थगित भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार