Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

प्रमुख महतले भने–‘२५ मिटरबारे निर्णय गर्ने अधिकार छैन’

Hari-Bdr-Mahat-1504364098.jpg

File Photo

१७ भदौं, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अघिकार आफुसंग नरहेको बताएका छन् । 
मकवानपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघको १२ औं बार्षिक साधारणसभा एवं जिल्ला अधिवेशनमा बोल्दै नगर प्रमुख महतले उपनगरपालिकालाई २५ मिटर सडक विस्तारबारे निर्णय गर्ने अधिकार नरहेको बताए । उनले राष्ट्रिय राजमार्गबारे निर्णय गर्ने अधिकार उपमहानगरपालिकासंग नभएको भन्दै मानव वस्तिको बीचबाट राजमार्ग जान नसक्नेमा भने आफु सहमत रहेको बताए । उनले सडक विस्तार गर्नुपर्छ भन्नेहरुको संख्या ठूलो रहेको भन्दै विस्तार नगर्दा आफुलाई विकास विरोधीको आरोप लागिरहेको बताए । 
निर्णय गर्ने अधिकार आफुसंग भई दिएको भए आफुले बेलैमा ठोस निर्णय गरिदिईसक्ने उनको भनाई थियो । उपमहानगरले वाईपासलाई प्राथमिकतामा राखेको समेत उनले जानकारी दिए । उनले हेटौँडा नगर क्षेत्रभित्र सडक मिचेर बनेको घर टहरा भत्काउने दावि गरेका छन् । यसका लागि नगरबासीको समेत साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले २५ मिटर विस्तारका कारण धेरै घरधनी र व्यवसायीले दुःख पाएको भन्दै यसको निक्र्यौलका लागि नगर प्रमुख महतको ध्यानाकर्षण गराएका थिए । 
संघका अध्यक्ष शम्भु ढकालको अध्यक्षतमा भएको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउत, कार्यसमिति सदस्य अनिल अग्रवाल, फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका केन्द्रीय सचिव गोकुल श्रेष्ठ, संघका पूर्व जिल्ला अध्यक्ष यम सिल्वाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । अधिवेशनले गोकुल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार