Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

फागुन १ बाट फुटपाथ व्यवसाय बन्द हुने

होटल रिसेप्सनमा सीसी क्यामेरा राखिने

McCi-1517841838.JPG

२२ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले फागुन १ गतेबाटफुटपाथ व्यवसायलाई बन्द गर्ने निर्णय गरेको छ । फुटपाथ व्यवसाय र होटल व्यवसायीको विषयमा सरोकारवाला निकायसँग  सोमबार भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा भईरहेको अव्यवस्थित फुटपाथ व्यवसायलाई फागुन १ गतेबाट पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको हो । पैदल यात्रुलाई समेत बाधा हुने गरी फुटपाथमा व्यापार भईरहेको भन्दै संघका अध्यक्ष कटुवालले यसलाई बन्द गर्ने जनाए । संघका अध्यक्ष कटुवालले अबको केही दिनमा नै नगर क्षेत्रमा गुड्ने ट्याम्पो, सुमो, मोटरसाइकलहरुका लागि उचित पार्किङस्थल समेत पहिचान गरिने बताए । 
छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । 
यस्तै, होटल लजहरुको रिसेप्सनमा सीसी टिभी क्यामेरा राखिने भएको छ । छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले होटलहरुमा हुने अबाञ्छित कार्यहरु निरुत्साहित गर्नका लागि होटल व्यवसायीको समेत भूमिका रहने बताएका छन् । होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा खरेलले होटल व्यवसायले रोजगार, राजश्व, विदेशी मुद्रा आर्जन जस्ता क्षेत्रमा टेवा पुर्याए पनि जिल्लाका होटल व्यवसायीले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरेका छन् । बास बस्न आउने ग्राहकलाई परिचय पत्रको प्रतिलिपी लिएर मात्र बास बस्न अनुमति दिनुपर्ने भन्दै प्रहरी नायब उपरीक्षक झाले मर्यादित रुपमा व्यवसाय सञ्चालन गरेका होटलमा कुनै किसिमको दुःख नदिएको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार