Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

फापरबारीमा निःशुल्क आँखा परीक्षण शिविर

eye-camp-1546611264.jpg

२० पुस, हेटौँडा । रोटरी क्लब अफ मिट टाउन काठमाडौं र रोटरी क्लब अफ मकवानपुरको आयोजनामा शुक्रबार बागमती गाउँपालिकास्थित फापरबारीको स्वास्थ्य चौकीमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ ।
निःशुल्क आँखा परीक्षण शिविरमा करिब दुईसयजनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये ३१ जनामा मोतियाविन्दु भेटिएको छ । उनीहरुको  निःशुल्क अप्रेशसन समेत गरिनेछ । बरिष्ठ नेत्र सहायक सुशीलकुमार सिंहको नेतृत्वको पाँच सदस्यीय प्राविधिक टोलीले निःशुल्क आँखा परीक्षण गरेको थियो ।
सामुदायिक आँखा अस्पताल हेटौंडाको प्राविधिक सहयोगमा भएको निःशुल्क स्वास्थ्य परीक्षण आइतबारसम्म सञ्चालन हुनेछ । आज शनिबार पर्साको पका गाउँपालिका, मकवानपुर गढीको आँपटार र बाराको जयतापुरमा निःशुल्क आँखा परीक्षण शिविर हुने रोटरी क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापतिले जानकारी दिए ।
आइतबार बाराको निजगढमा शिविर हुने र आवश्यक तयारी पूरा भएको रोटरी क्लब अफ मकवानपुर अध्यक्ष विजयलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार यस शिविरबाट दुईसय ५० जना मोतियाविन्दुका विरामीको क्लबले निःशुल्क अप्रेशनको व्यवस्था गरेको छ । क्लबले प्रत्येक वर्ष मकवानपुरसहित छिमेकी जिल्लाको विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण गर्ने गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार