विकास

फाष्ट ट्रयाकको काममा बकैयाका स्थानीयबाट अवरोध

Fast-Track-1545922351.jpg

File Photo

१२ पुस, हेटौँडा । काठमाडौं तराई जोड्ने द्रुतमार्ग अन्तरगत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित जारी काममा स्थानीयले अवरोध गरेका छन् । उक्त खण्डबाट झरेको माटोले बस्ति प्रभावित हुने भएकोले स्थानीयले विहीबारबाट काम नै रोकेका हुन् । 
यस अघि पनि काममा अवरोध गरेपछि व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकाले काम सुचारु भएको थियो । यो पटक भने अनिश्चितकालका लागि बन्द गरिएको स्थानीय अर्जुन खड्काले जानकारी दिए । बकैया वडा नम्बर ५को तीनतले, मसाने, भडौरा र बुदुने क्षेत्रको ठूलो वस्ति उक्त कामबाट प्रभावित भइरहेको छ । ‘बस्तिभन्दा माथी बाटोको काम भइरहेको छ,’ स्थानीय केदार अर्यालले भने, ‘त्यहाँबाट खसालिएको माटोले बस्तिलाई ठूलो प्रभाव परिरहेको छ । एक त धुलोको असर धेरै नै छ अर्को वर्षायाममा ठूलो क्षति हुने सम्भावना छ ।’ यसका लागि ठेकेदार र सेनासँग पटकपटक कुरा भए पनि सुनुवाई नभएपछि काममा अवरोध गर्न परेको उनले बताए । 
विहीबार स्थानीयले फास्टट्«याकमा काम गरिरहेको ५२ वटा सवारी उपकरणहरुको चावि लिएर सेनालाई जिम्मा लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म काम सुरु हुन नदिने स्थानीयले बताएका छन् । फास्टट्«याकको माटोको कारण खोल्साहरु सुकेको र खोलामा पनि पानीको सतह निकै घटेको छ । बर्षायाममा यसबाट निकै ठूलो क्षति हुन सक्ने स्थानीयको भनाई छ ।
स्थानीयले सेनासँगै ठेकेदार र गाउँपालिकासँग पनि आफूहरुको समस्या बताएको भन्दै सुनावाई नभएको गुनासो गरेका छन् ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडामा प्रि बजेटबारे छलफल
IMG_6865-1555840967.JPG

  ८बैशाख, हेटौँडा । हेटौँडामा आईतबार प्रि बजेटबारे छलफल गरिएको छ । संघीय संसदको अर्थ समितिको आयोजनामा भएको...

विप्लव माओवादी त्यागी राप्रपामा प्रवेश
57558592_668588046916463_-1555839524.jpg

 ८बैशाख, हेटौँडा । विप्लव नेतृत्वको नेकपामा सक्रिय भएको भन्दै प्रहरीले पक्राउ गरेर छाडेको भोलि पल्टै अर्थात आज...

अस्पताल भित्रै नर्सको शव झुण्डिएको अवस्थामा फेला
pk-logo-1555836391.png

८बैशाख, जनकपुर। धनुषामा एक नर्सको शव झुण्डिएको अवस्थामा फेला परेको छ । जनकपुरमा रहेको जानकी हेल्थ केयर एण्ड...

 धादिङमा बस दुर्घटना ३को मृत्यु २५ घाइते
Accident-1499161093-1555833087.jpg

८ बैशाख, धादिङ। धादिङमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन ।  धादिङको पृथ्वी...

रातोमाटेबाट समात्यो प्रहरीले पप्पुलाई
Gaja-1555819507.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेबाट ८ किलो लागुऔषधगाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

४ पत्ता नाईट्रोभेटसहित युवक पक्राउ
Gaja-Photo2-1555817659.jpg

८ बैशाख, हेटौँडा । हेटौँडा–१५ रातोमाटेस्थित राजमार्गबाट मकवानपुर प्रहरीले लागुऔषध ४ पत्ता नाईट्रोभेटसहित एक...

मकवानपुरमा गाँजा बोकेको कारसहित एक पक्राउ
Gaja-Photo1-1555816560.jpg

८ बैशाख, हेटौँडा । मकवानपुर प्रहरीले ४८ किलो ८ सय ग्राम गाँजा बोकेको कारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...

युभेन्टस लगातार आठौंपटक सिरी ‘ए’ च्याम्पियन
Juv-won-title-1-1555810870.jpg

८ वैशाख, हेटौँडा । लगातार सिरी ‘ए’ को उपाधि जित्ने क्रममा युभेन्टस पाँच खेल अगावै यस सिजनको इटालियन सिरी ‘ए’...

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी
sandy_RbqDfzGp4b-1555811138.jpg

८ वैशाख, हेटौँडा । नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं...

थप समाचार