Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बंशगोपालको कारोबार २ करोड

Bansha-1504353111.jpg

१७ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाले एक बर्षमा २ करोड २१ लाख रुपैँया कारोबार गरेको छ । संस्थाले आव ०७३/०७४ मा २ करोड २१ लाख रुपैँया कारोबार गरेको हो । 
संस्थाले दुग्ध विक्रिबाट एक करोड ६ लाख, स्थानीयस्तरमा दुध विक्रिबाट १९ लाख, पशुआहार विक्रिबाट २७ लाख, पशुविकास कोषबाट २ लाख ७७ हजार, पशु विमा कोषबाट २ लाख ७४ हजार, अनुदानबापत २ लाख ५० हजार, गुणस्तर प्रोत्साहन र प्रिमियम प्रोत्साहनमा ४ लाख, दाना र चोकर विक्रि ७ लाख ५० हजार, शेयर पूँजी २ लाख ३२ हजार, जगेडा तथा अन्य कोषमा १६ लाख रुपैंया आम्दानी गरेको छ ।
साधारण सभामा संस्थाले बृद्ध शेयर सदस्य कृष्णप्रसाद न्यौपाने, निर्वाचन समितिका रमेशप्रसाद लामिछाने, भीमसेन पौडेल, राजेन्द्रप्रसाद चौलागाई, निवर्तमान अध्यक्ष साधुराम चौलागाईलाई सम्मान गरेको थियो । यस्तै, बढि दुध विक्रि र पशु आहार खरिद गर्ने टंककुमारी न्यौपाने, पशु आहार खरिद गर्ने हिराप्रसाद पुडासैनी, लोकनाथ ढकाल, गुणस्तरीय दुध विक्रि गर्ने, खडानन्द न्यौपाने, गोठ सफा राख्ने हेमलाल अर्याल, लक्ष्मी कार्कीलाई सम्मान गरिएको थियो ।
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज पौडेलले लेखापरिक्षण प्रतिवेदन, व्यवस्थापक लक्ष्मण सापकोटाले कृषक हितकोष प्रतिवेदन, कृषक हितकोष संयोजक खडानन्द चौलागाईले पशुविमा प्रतिवेदन प्रस्तुत गरेका थिए । 
कार्यक्रममा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, हेटौँडा दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख गणेशकुमार यादव, संस्थापक अध्यक्ष हरिप्रसाद सिग्देल, खरिपाटी डेरीका संचालक विश्वराम खड्का, पूर्वअध्यक्ष बासुदेव सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, जनकल्याण सहकारीका कोषाध्यक्ष चेतनाथ खतिवडा, शेयर सदस्य दिवाकर आचार्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार