Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

बकैयाका घोरासैनी भए गजलमा सर्वोत्कृष्ट

IMG_0077-1552745120.JPG

२ चैत, हेटौंडा । मकवानपुरको माध्यमिक तह स्तरीय गजल प्रतियोगितामा बकैया गाउँपालिका–४ मा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका भीमबहादुर घोरासैनी सर्वोत्कृष्ट भएका छन् । ८ जना प्रतियोगीलाई पछि पार्दै घोरासैनीले मनमाया स्मृति गजल पुरस्कार जितेका हुन् ।
गजल मञ्च मकवानपुरले हरेक वर्ष प्रतियोगितात्मक कार्यक्रममार्फत सर्वोत्कृष्टलाई गजल पुरस्कार प्रदान गर्दै आएको छ । गजल मञ्च मकवानपुरले शनिबार १५३ औं नियमित गजल यात्रा तथा मनमाया स्मृति गजल पुरस्कार प्रदान गरेको हो । प्रतियोगितामा जिल्लाका कक्षा ९ देखि १२ कक्षासम्मका ९ जना विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमध्ये उत्कृष्ट ३ गजल कार्यक्रममा बाचन गराई सर्वोत्कृष्ट छनौट गरिएको थियो । उत्कृष्ट ३ मा महेन्द्र माविकै छात्रा शर्मिला घलान र ब्रम्हदिक एकेडेमीकी छात्रा कृतिका लौडारी छनौट भएकी थिइन् । 
गजल मञ्च मकवानपुरका पूर्वअध्यक्ष दीपक गौतमले आफ्नी स्वर्गीय हजुरआमाको स्मृतिमा गजल पुरस्कार स्थापना गरेका हुन् । २ हजार दुई रुपैयाँ राशीको पुरस्कार यसवर्ष घोरासैनीले जितेका हुन् । पुरस्कार संस्थापक गौतम, बरिष्ठ साहित्यकार तुल्सी थापा, मञ्चका अध्यक्ष देवराज तिवारीलगायतले प्रतियोगितामा सर्वोत्कृष्ट भएका घोरासैनीलाई पुरस्कार प्रदान गरिएको थियो । गजलकार विश्वनाथ सञ्जेल र सञ्जीत श्रेष्ठ निर्णायकको भूमिकामा रहेका थिए । 
कार्यक्रममा पुरुषोत्तम आचार्य,  विश्वनाथ सञ्जेल, सञ्जीत श्रेष्ठ, सुनिल गौतम, चिरञ्जीवी लामिछाने, अनिश न्यौपाने भावना, रमेश बिडारी, मेनु तिमल्सिनालगायतले अप्रतियोगी गजल बाचन गरेका थिए । मञ्चका अध्यक्ष तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजाल, गीतकार तुल्सी घिमिरे, साहित्यसेवी मुक्तिगोविन्द वैद्य, पुरस्कार संस्थापक दीपक गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार