११ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै गर्नु नपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईले अनुगमन उपभोक्ताको हितका लागि हो भन्ने व्यवसायीले बुझ्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख राजकुमार रिजालले अनुगमन बजार सुधारका लागि भएको र व्यवसायीले अनुगमन आउँदा गर्वका साथ विक्री गर्न राखिएका सामान देखाउन सक्ने वातावरण सिर्जना गर्न आग्रह गरे । हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले व्यवसायीले उपभोक्ताको हितलाई मनन गनुपर्नेमा जोड दिए ।
विभिन्न वस्तुगत संघ, व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा व्यवसायीहरुले सबैलाई एउटै भाडोमा राखेर हेर्न नहुने र भन्सारबाटै न्युन विजकीकरणको समस्या शुरु हुनेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवाल, महासचिव महेन्द्र राउत लगायतले संघले व्यवसायिक हितका गतिविधि निरन्तर गर्ने बताएका थिए ।
१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...
१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...
१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा लक्ष्मी गुरुङलाई...
१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...
१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...
१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...
१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...
१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...
१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...
५ चैत, हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ सुपारेटार व्यारेक नजिक भएको टिपर दुर्घटनामा चालकको उद्धार...
५ चैत, हेटौंडा। भिमफेदी-१ मा टिपर दुर्घटनामा च्यापिएको चालकको साढे तीन घण्टापछि सकुशल उद्दार गरिएको छ। सोमबार...
४ चैत, हेटौंडा । हेटौंडा-२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी परमानन्द सरोज...
११ चैत, हेटौंडा। हेटौंडाबाट काठमाडाैँ तर्फ जादै गरेको बस मकवानपुरको बकैया ११ मा दुर्घटनामा परेको छ। आइतबार...
५ चैत,हेटौंडा। मकवानपुरको मनहरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।उक्त शव मनहरी गाउँपालिका वडा...
४ चैत, हेटौंडा । बालिकालाई स्कुटरले ठक्कर दिई फरार भएका एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा-५...
१३ चैत, हेटौंडा।. मकवानपुरको मनहरीमा मंगलवार बिहान एक नवजात शिशुको शव फेला परेको छ । मनहरी –७ रमौली बांगेटोल...
२ चैत, हेटौंडा । राष्ट्रिय भूमि आयोग मकवानपुरले हालसम्म १२४ जनालाई जग्गाधनी पूर्जा वितरण गरेको जनाएको छ...
३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४...