२७ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले खानेपानीमा नगरवासीका लागि दिर्दै आएको छुटबाट बनेलधाप र कालोपानीका बासिन्दा लाभाम्वीत हुने भएका छन् । उपमहानगरले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग आवद्ध रहेका धाराबाट खानेपानी प्रयोग गर्नेलाई दिर्दै आएको मासिक १० हजार लिटर पानी बाट उनिहरु लाभाम्वित हुने भएका हुन् ।
लामो समय देखि खानेपानीका लागि दुख गरेका तत्कालीन चुरीयामाई गाबिसको १ र २ नम्बर वडाका वासीन्दा नगरबाट पाएको सुबिधासँगै खानेपानीको समस्याबाट मुक्त भएका छन् । दैनिक उपभोग्य पानीका लागि घण्टौं हिडेर छिमेकी जिल्ला सम्म जानु पर्ने बाध्यतामा रहेका हेटौंडा–१४ बनेलधाप र कालापानीका वासीन्दा खानेपानीको समस्याबाट मुक्त भएका हुन् ।
पानीका लागि छिमेकी बारा जिल्ला सम्मको यात्रा गर्नुपर्ने उनिहरुलाई जिल्ला समन्वय समिति र हेटौंडा उपमहानगरपालिकाले गाउँघर सम्म खानेपानीको सुबिधा दिएपछि नियमित भोग्दै आएको खानेपानीको समस्याबाट छुटकारा पाएको स्थानियले बताए ।
खानेपानीको समस्या समाधानका लागि जिल्ला समन्वय समिति र खानेपानी व्यवस्थापन बोर्डको २ करोड ४० लाख रुपियाँको लागतमा ३ लाख लिटरको टंकी निर्माण भएको छ । २०७८ साल फागुन १० गते टंकी निर्माण भएसँगै हेटौंडा उपमहानगरले टंकीबाट गाउँसम्म पानी लैजानका लागि २ दश्मलब ४ किलोमिटर मेनलाईन र १७ दश्मलव ५९० किलोमिटर शाखा लाइन पाईप बिस्तारको काम गरेसँगै पानीको समस्या बाट स्थानियले छुटकारा पाएको बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समिति पुर्व अध्यक्ष मोहनसिं मोक्तानले बताए ।
उनले भने ‘पानीका लागि ठुलो संधर्ष गर्नुपर्ने हामिलाई अहिले निकै सहज भएको छ ।’ यसरी घरमै धारा पुग्ला भन्ने लागेको थिएन अहिले सपना झै भएको छ उनले खुशी हुँदै भने । उपमहानगरले ठेक्का मार्फत पाईपलाईन बिस्तार गरेको थियो ।
शनिवार नव निर्मित खानेपानी टंकीको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले उद्घाटनगर्दै नियमित खानेपानी व्यवस्थापनको जिम्मेवारी बोर्डमा हस्तान्तरण गरेका छन् । बोर्डलाई खानेपानीको व्यवस्थापनको जिम्मेवारी हस्तान्तरणसँगै बनेलधाप र कालापानीमा रहेका ४२५ परीवारले हेटौंडा उपमहानगरपालिकाले दिएको १० हजार लिटर सम्मको पानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।
हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको बनेलधाप कालोपानी खानेपानी योजना उद्घाटन तथा योजना हस्तान्तरण कार्यक्रममा हेटौंडा–९ का वडा अध्यक्ष शुकराम केसी, १३ का वडा अध्यक्ष पेम्बा लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, बनेलधाप कालोपानी खानेपानी उपभोक्ता समिति पुर्व अध्यक्ष मोहनसिं मोक्तान लगाएतको आतिथ्यता रहेको थियो ।
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
७ चैत, कैलाली । कैलालीमा ट्याक्टरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । मृत्यु हुनेमा...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
७ चैत, हेटौंडा । आज अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मार्च २१ तारिखमा...
७ चैत, हेटौंडा । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । उपनिर्वाचनमा...
७ चैत, हेटौंडा । घोडेजात्राको अवसरमा काठमाडौँको टुँडिखेलमा आज विशेष समारोहको आयोजना हुँदैछ । राष्ट्रपति तथा...
७ चैत, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
२४ फागुन,हेटौंडा। हेटौडा-१७ मा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ। बुधबार बिहान धरान चतरा सडक खण्ड...
२९ फागुन,हेटौंडा । हेटौंडामा चालु आर्थिक बर्षमा ८ महिनामा भवन निर्माणको दर ओरालो लागेको देखिएको छ।अघिल्लो...