Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

बागमती पुलको स्लाप ढलान सकियो, बर्खामा ओहोरदोहोर गर्न सहज हुने

ट्युब बाट नदी तर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य

IMG_20210606_202137-1622991136.jpg

२३ जेठ, हेटौंडा । कोरोनाका करण जाी निषेधाज्ञाको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोडने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलको सबै स्पानको काम सम्पन्न  छ ।हेटौंडा–धरान चतरा सडक खण्ड अन्तरगत बागमती नदीमा निर्माण भइरहेको पुलको  ११ वटै स्पानको ढलान कार्य आइतबार सम्पन्न भएको हो। 

मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको शनिबार स्लाब ढलानको काम सकिएको हो । 

निर्माणस्थलमा हेटौंडा–धरान चतरा सडक आयोजनाका विरेन्द्र महतोसहितको ७ जनाको प्राविधिक टोली लकडाउनको समयमा पनि कामको निगरानी गरिरहेका छन् ।कामलाई निरन्तर अघि बढाउन निगरानी भईरहेको र तोकेकै अवधीमा काम सक्ने गरी काम गरेपनि लकडाउनका कारण केही असर गरेको उनको भनाई छ।आफुहरु नै निर्माणस्थलमा निरन्तर रहेर काम गराईरहेको उनले बताए । 

दैनिक १२ घण्टासम्म ५५ जना कामदार र १० जना अन्य कर्मचारी खटिएको स्वच्छन्द निर्माण सेवाका साईट इन्चार्ज सन्तोष सापकोटाले बताए ।समयमै काम सक्ने गरी काम भईरहेपनि लकडाउनका कारण चैत १२ गतेदेखि काम प्रभावित भएर बैशाख ३ गतेदेखी पुन काम शुरु गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले काम गर्न स्विकृति दिएपछि काम थालेपनि निर्माण सामग्री जुटाउन समस्या भईरहेको सापकोटाले जानकारी दिए । २०७६ सालमा पुलको काम गरिरहेको समयमा अविरल बर्षासंगै आएको बाढिले पुलको ढलान, फर्मा,मेसिन लगायतका सामग्री वगाउँदा ४ करोड रुपैंयाको क्षति भएको जनाईएको छ । 

स्वच्छन्द निर्माण सेवाले ५ बर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का लिएको पुल भुकम्प र नाकाबन्दीका कारण प्रभावित भएको थियो । म्याद सकिएपछि पछिल्लो पटक ५ पटक  २०७८ साल असारसम्म म्याद थपिएको पुल निर्माणको ८९ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव इन्जिनियर चेतनकुमार मण्डलले बताए ।अन्य कुनै समस्या नभए तोकेकै समयमा काम सम्पन्न हुने स्वच्छन्दका इन्जिनियर अन्जन विडारीको भनाई छ । पुलमा एकसातामा पैदल हिड्न मिल्ने र एक महिनामा २ पांग्रे सवारी संचालन हुन सक्ने हुने जनाइएको छ । अब सामान्य प्राविधिक काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । 

पुल निमार्ण भएपछि धरान चतरा सडक खण्डका सवारी निर्वाध संचालन हुने छन् भने ट्युवबाट यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।२३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७.७० मिटर चौडाई रहेको छ ।

IMG_20210606_203710-1622991305.jpg
IMG_20210606_202249-1622991305.jpg
IMG_20210606_202205-1622991414.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार