२७ जेठ, हेटौंडा । बागमती प्रदेशमा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारका लागि प्रदेशका पत्रकारहरुको टोली अध्ययन भ्रमणका लागि प्रस्थान गरेको छ । बागमती प्रदेशका १३ जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरु प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि भ्रमणका लागि हेटौंडाबाट प्रस्थान गरेको हो ।
बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले भ्रमण टोलीलाई विदाई गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रचारप्रसारको भूमिका महत्वपूर्ण भएकाले संचार क्षेत्रसंग सहकार्य गरिएको बताए । उनले संस्कृति एवं पर्यटन प्रवद्र्धनका लागि आउँदो बर्षलाई प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले ‘घुमघाम बर्ष’ को रुपमा मनाउन लागेकाले यसको प्रचारप्रसारका लागि समेत संचारकर्मीहरुसंग आग्रह गरे । उनले आफु संचारक्षेत्रसंग सहकार्य गर्न सधैं तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव मदन कोइराला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर लगायत विभिन्न जिल्लाका पत्रकार महासंघका अध्यक्ष र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
भ्रमण टोलीले बागमती प्रदेशका विभिन्न जिल्लाका सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरी प्रचारप्रसारमा सहयोग गर्ने जनाईएको छ । मन्त्रालयले पत्रकारहरुको अध्ययन अवलोकन भ्रमण बर्षेनी गर्दै आएको छ ।
२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...
२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...
२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...
२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...
२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...
२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...
२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...
२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको...
१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ। शनिबार साँझ राक्सिराङ -२...
१५ माघ, गुल्मी । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका-७...