Email :- prastakhabar@gmail.com
विकास

बागमती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकाले टाइफाइड खोप लगाउने

Typhoid-vaccine-Photo1-1649323059.jpg

२४ चैत, हेटौंडा । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् । 
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोपकेन्द्रमा पुगिसकेको जानकारी दिएको छ । निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ । यि खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढि स्वयंसेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।
८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले जानकारी दिए । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।
खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न समुदाय तहमा छलफल, जनप्रतिनिधिहरुमार्फत जानकारी, विद्यालयहरुमा तथ्यांक संकलन लगायतका काम गरिएको र खोप संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण जस्ता काम सम्पन्न भएकाले सबैको सहयोगमा खोप अभियान प्रभावकारी ढंगले सम्पन्न हुने निर्देशनालयका चिकित्सा एवं रोग नियन्त्रण शाखाका प्रमुख नरेन्द्र झाको भनाई छ ।
खोप अभियानको केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाईस्कूलमा शुभारम्भ गरेका छन् भने बागमती प्रदेशमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले अपरान्ह हेटौंडामा गर्दैछन् ।


समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने
Rastrapati-1653392130.jpg

१० जेठ, काठमाडौं । सरकार र नीजि क्षेत्रको प्रयासमा तिब्र विकास गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...

नेपाल यु-१७ एशियन कप छनोटको समूह ‘एफ’ मा
Football-1653389083.jpg

१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ ।  मंगलबार...

संघीय सरकारको नीति तथा कार्यक्रम (लाईभ)
Sanghiya-Samsad-1653388107.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...

सुनचाँदीको मूल्य स्थिर
Gold-1653385828.jpg

१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ ।  मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...

बीरगञ्जको प्रमुखमा जसपाका सिंह, उप्रमुखमा कांग्रेसका आलम
Rajesh-man-singh-1653379761.jpg

१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  अन्तिम...

पुनः मतगणनाको मागपछि पोखरामा मतगणना रोकियो
Pokhara-Mahanagarpalika-1653379224.jpg

१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...

भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल विजयी
renu-dahal-1-1653365320.jpg

१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै 
1111a-4-1589547434-1653365167.jpg

१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...

बलात्कार आरोप लागेका पाण्डेलाई थप ५ दिन हिरासतमा राखिने 
pakrau_arthasansar-1653354252.jpg

१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...

थप समाचार