Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

बानियाँद्वारा न्यानो कपडा वितरण

kambal-1515855021.jpg

२९ पुस , हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको सहयोगमा आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा राक्सीराङ गाउँ पालिकाको ५ नम्बर वडाको ५ टोलमा शनिबार न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
स्थानीय चेपाङ तथा तामाङ समुदायका जाडोबाट प्रभावित १ सय २० घर परिवारलाई वितरण गरिएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, ४ नम्बर क्षेत्रीय सभापति लोक मोक्तान, शिक्षक संघका जिल्ला सचिव विदुर थापा, प्रेस युनियन मकवानपुरका सहसचिव एवं पार्टीको सूचना संयोजक सुजन विडारी, साविक सरिखेत गाविस सभापति विरेन्द्र जिम्बा, साविक राक्सीराङ गाविसका सचिव मानसिं घलान, स्थानीय नेता मिठु प्रजालगायतकाले न्यानो कपडा कम्वल वितरण गरेका थिए ।
जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य राक्सीराङ गाउँपालिका ५ स्थित बाङदिराङ, चौतारा, रानीवाङ, बंकिम र टोल्वाङ टोलका १ सय २० परिवारलाई कम्बल वितरण गरिएको थियो । प्रतिनिधि सभा २ का प्रदेश सभा २ सदस्य बानियाँले केहीदिनअघि मनहरी गाउँपालिकाको बाढीपीडित भई जंगलमा रात विताउन बाध्य ३ सय १५ घरपरिवारको चेपाङ तथा बनकरिया बस्तीमा कम्बल वितरण गरिसकेका छन् ।

26794262_1021139870482345-1515855021.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

थप समाचार