Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बानियाँद्वारा मनहरीमा कम्बल वितरण

3-1515503941.jpg

२५ पुस, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं मकवानपुरका प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्ना स्वर्गीय पिता क्षेमबहादुर बानियाँको स्मृतिमा मनहरी–४ नयाँबस्तीमा कम्बल वितरण गरेका छन् । 
बाढीबाट विस्तापित भएर नयाँबस्तीको जंगलमा आश्रय लिएर बसिरहेका बनकरिया, प्रजा, तामाङ लगायतका ३ सय १५ परिवारलाई बानियाँले कम्बल वितरण गरेका हुन् ।
जाडोमा कठ्याङग्रिएर रात विताउन बाध्य मनहरी–४ स्थित अजिङ्गरे, चिसापानी, च्वारपाखा, लामपाखा, बनकरिया टोल र डोलबारी टोलका ३ सय १५ परिवारलाई कम्बल वितरण गरेका थिए । कार्यक्रममा बोल्दै पूर्व गृह राज्यमन्त्री बानियाँले आफूले पहिले बाढीबाट विस्थापित हुने वित्तिकै त्रिपाल, म्याटलगायत खाद्यबस्तु वितरण गरेको र अहिले जाडोमा थोरै भएपनि मद्दत पुगोस् भनेर कम्बल वितरण गरेको बताए । बानियाँले यहाँका विस्थापित परिवारलाई जतिसक्दो चाँडो गाउँपालिकासंग समन्वय गरेर स्थायी बसोबासको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । 
कार्यक्रममा काँग्रेसका महासमिति सदस्य भरत पराजुली, नेपाल शिक्षक संघ मकवानपुरका सचिव विदुर थापा, काँग्रेसका स्थानीय नेताहरु पवन खड्का, साविक हाँडीखोलाका काँग्रेस सचिव हरिकृष्ण विष्ट, विष्णु विष्ट, उद्धव विष्टलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार