विकास

बानियाँ र न्यौपानेद्वारा विकासको काम

Baato-1521283312.jpg

३ चैत, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र स्थानीय नेता शंकर न्यापानेले मनहरी गाउँपालिका–३ स्थित कालिदमारमा नहर निर्माण गरिदिएका छन् ।

मसिनेखोलाबाट कालिदमार तथा बगौंडा फाँटमा सिँचाईको लागि बनाइएको नहर पुरेपछि बानियाँ र न्यौपानेले मर्मत गरिदिएका हुन् । गत बर्षको बाढी तथा पहिरोले नहर पुरिएपछि स्थानीय समस्यामा रहेका थिए । गत निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आफूले जिते नहर बनाइदिने आश्वासन दिएपनि कसैले मर्मत नगरेको भन्दै स्थानीय दुःखी भएका थिए ।

आफुहरु विकासका लागि निर्वाचनमा होमिएको भन्दै प्रदेशसभा सदस्य बानियाँले स्थानीयको माग अनुसार विकासको काम गर्दै जाने बताए । धान तथा तरकारी खेतिको लागि निकै राम्रो मानिने हाँडीखोलाका बासिन्दा गत असारको बाढीपहिरोले नहर बिगारिदिएपछि यस बर्ष खेत बाँझै राख्न बाध्य भएका थिए ।

यस्तै, स्थानीय तहको निर्वाचनमा मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका न्यौपानेले सडक निर्माण गरेका छन् । उनले मनहरी गाउँपालिका–३ हाँडीखोलामा व्यक्तिगत लगानीमा बाटो निर्माणको काम गरिरहेका हुन् । न्यौपानेले आफ्नै मेसिन एवम् खर्चमा साविकको गाविस भवन, स्वास्थ्यचौकी हुँदै कौगेडी जाने मोटरबाटो निर्माण कार्य गरिरहेका छन् ।

स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भएका उनी करिब ३ सय मतले पराजित भएका थिए । अन्य यस क्षेत्रका अन्य सडकको स्तरिकणको काम पनि गरेको जनाईएको छ ।


Ban-Add-1522682343.jpg
Tech1-1498491689.jpg
Classictech-1516958284.jpg
संयुक्त यातायात आन्दोलन परिचालन समितीको आन्देलनको कार्यक्रम सार्वजनिक 
31183483_1615947448490559-1524666327.jpg

 १२ बैशाख, हेटौँडा ।  संयुक्त यातायात आन्दोलन परिचालन समितीले बृहत व्यवसायी भेला मार्फत पहिलो चरणको...

साझा यातायात सिध्याउने सरकारले  यातायात क्षेत्र धरासायी वनायोः संयुक्त यातायात आन्दोलन परिचालन समिती
31355271_1615944465157524-1524665423.jpg

१२ बैशाख, हेटौँडा। सरकारले केही दिन अघि यातायात क्षेत्रसंग आवद्ध समितीहरु  सिण्डीकेटका अन्तय गरेसंगै...

झोल बनाएर विमास्थलबाट सुन तस्करी
Liquid-Gold-1524637305.jpg

१२ बैशाख, हेटौँडा । सुन तस्करहरुले तस्करीको शैली परिवर्तन गरेर सुन तस्करी थालेका छन् । त्रिभुवन विमानस्थलमा...

कान्ति लोकपथमा भएको दुर्घटनामा एकको मृत्यु
20180424_102326-1524620286.jpg

१२ बैशाख, हेटौंडा । मकवानपुरमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक महिला घाइते...

मकवानपुरका एसपी खनाल नियन्त्रणमा
Bikash-Khanal-SP-825x510-1524617229.jpg

१२बैशाख,हेटौडा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अवैध रुपमा बाहिरिएको ३३ किलो सुन प्रकरण अनुसन्धानको...

विद्यालयहरुले शिुल्क वृद्धि फिर्ता नलिए  भौतिक कारबाही गछौँ: संयुक्त विद्यार्थी संगठन 
31166960_2025383654449151-1524586671.jpg

          ११ बैशाख, हेटौँडा ।  नीजि तथा सामुदाकि विद्यालयले अभिभावको ढाड सेक्ने गरी  चर्को शुल्क लिएको...

प्रदेश सभामा कोइरालाले गरिन् यस्तो सम्बोधन 
IMG_0087-1524563507.JPG

११ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशकी प्रदेश प्रमुख अनुराधा कोइरालाले मंगलबार ३ नम्बर प्रदेशसभा बैठकलाई सम्बोधन...

आज लोकतन्त्र दिवस मनाईदै
Loktantra-1524543912.jpg

११ बैशाख, हेटौँडा । आज वैशाख ११ गते, लोकतन्त्र दिवसको मनाईदैछ । २०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते...

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
Bike-Accident-1524542485.jpg

११ बैशाख, हेटौँडा । कन्चनपुरको कृष्णपुरमा सोमबार राति एउटा मोटरसाइकलले पाँचजनालाई ठक्कर दिदा एकजनाको मृत्यु...

थप समाचार