राजनीति

बानियाँ संसदीय दलको नेता बन्ने सम्भावना बलियो

Indra-Baniya-Photo-1517986759.jpg

२४ माघ, हेटौँडा । नेपाली कांग्रेसको ३ नम्बर प्रदेशको संसदीय दलको नेतामा पूर्व गृहराज्यमन्त्री एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको सम्भावना बलियो देखिएको छ । 
संसदीय दल गठनका लागि मंगलबार बसेको बैठकमा यस्तो सम्भावना देखिएको हो । गृहराज्यमन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री भै सकेको र पार्टी जिल्ला सभापति समेत रहेकाले बानियाँ संसदीय दलको नेता बन्ने बलियो सम्भावना रहेको बैठकमा सहभागी एक नेताले बताए । ‘५ जनाले दावि गर्नुभएको छ ।’–ति नेताले भने । संसदीय दलको नेताका लागि ईन्द्रबहादुर बानियाँ, मिलन श्रेष्ठ, नरोत्तम बैद्य, राजाराम कार्की र राधा घलेले दावि गरेका छन् । बैद्य काठमाण्डौं, श्रेष्ठ चितवन, कार्की धादिङ र घले काठमाण्डौंका हुन् । 
दावि गरेकामध्ये समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य कार्की पूर्व केन्द्रीय सदस्य हुन् भने बैद्यमात्रै प्रत्यक्ष निर्वाचन हुन् । जिम्मेवारीको हिसावले र प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य भएकाले बानियाँको सम्भावना बलियो रहेको एक प्रदेशसभा सदस्यको भनाई छ । पार्टी पदाधिकारी बैठकले जिम्मेवारी दिएकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, अर्जुननरसिं केसीसहितको मंगलबार बसेको बैठक बुधबार थप छलफल गर्ने गरी टुंगिएको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं : महतो
Rajendra-Mahato-1544540403.jpg

२५ मंसिर, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सरकारलाई दिएको...

नयाँ प्रधानन्यायाधिश सिफारिस हुन सकेन, पुस ५ गते बैठक
Supreme-Court-1544539520.jpg

२५ मंसिर, काठमाडौं । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदले मंगलबार पनि नयाँ...

३० गाई गोरु सहित ट्रक नियन्त्रणमा 
D-Police-1506340151-1544536603.JPG

२५ मंसिर,हेटौँडा । मकवानपुर प्रहरीले मापदण्ड पुरा नगरी दुवानी गरेर लैजादै गरेको ३० वटा चौपाय सहित ट्रकलाई...

घाइते बालकलाई थप उपचारका लागि काठमाण्डौ लगियो 
Accident-1499161093-1544535397.jpg

२५ मंसिर,हेटौँडा । हेटौँडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट  गम्भिर घाइते भएका बालकको थप उपचारका लागि...

विवाह पञ्चमी मेलाले जनकपुरमा घुईचो
bibaha-panchami-1-1544518342.JPG

२५ मंसिर, जनकपुर । विवाह पञ्चमीको मेला कारण जनकपुरमा भक्तजनको घुईचो बढेको छ । विवाह पञ्चमी प्रक्रियामा सहभागी...

कमला जिम्बा बचाउ अभियानमा ४६ हजार संकलन
Help-Photo-1544363993-1544450291.png

२४ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारका लागि ४६ हजार...

संचारमाध्यम गैरजिम्मेवार भएको सञ्चारमन्त्रीको आरोप
Gokul-1544449678.jpg

२४ मंसिर, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचारमाध्यम  गैरजिम्मेवार  बन्दै गएको...

प्रदेश परिषद बैठकले गर्यो यस्तो निर्णय
Pradesh-Parisad-Baithak-1544447952.jpg

२४ मंसिर, काठमाडौं । काठमाडौंमा आइतबारबाट शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनमा देखिएका...

द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति : प्रधानमन्त्री ओली
KP-1544447218.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्दकालका पीडितलाई उचित क्षतिपूर्ति व्यवस्था गर्ने...

थप समाचार