Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बामले दाम मात्र कमाएः उमेदवार लामिछाने

20171114_095541-1510650746.jpg

२८ कार्तिक ,हेटौंडा । हेटौंडा–१६ हटिया चिसापनीमा लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै उमेदवार धर्मराज लामिछानेले बामले दाम मात्र कमाएको आरोप लगाएका छन् ।

हेटौंडा–१६ मा प्रचार कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ ¬(क) का उमेदवार लामिछाने यहि क्षेत्रबाट कम्युनिष्टले जित्दा विकासको नाममा आफ्नो खल्ती भरेर दाम कमाउने काम गरेको आरोप लगाएका हुन् । ‘इन्द्रबहादुर बनियाँअघि यस क्षेत्रबाट जित्ने कम्युनिष्ट उमदेवारले धेरै किसिमबाट आफ्नो खल्ती भरेका छन्’ उनले भने ‘काँग्रेसको जितपछि यस क्षेत्रमा विकासको बहार आएको छ ।
    उनले विद्युत, सञ्चार, खानेपानी, सडक र विकासका पूर्वाधारको विकासका लागि आफु रातदिन लागि पर्ने प्रतिबद्धता जनाउँदै राप्रपाको तर्फबाट प्रतिनिधिसभा उमेदवार कमल थापा र आफुलाई प्रदेशसभा सदस्यमा जिताउन आग्रह गरे । काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनबाट मात्र संवैधानिक संसदीय व्यवस्था रहिरहने जिकीर गर्दै उनले यहि गठबन्धनले मात्र विकासको मूल फुटाउने बताए ।
    हेटौंडा–१६ प्रचारप्रसार संयोजक हरिप्रसाद अर्यालयको अध्यक्षतामा तथा राप्रपा केन्द्रीय सदस्य दीपक बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस नगर सभापति आनन्दराम पराजुली, काँग्रेस क्षेत्रीय सभापति तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, राप्रपा पूर्व केन्द्रीय सदस्य नवराज बिष्ट र काँग्रेस जिल्ला सदस्य रामदेव शिलवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा काँग्रेस महासमिति सदस्य दामोदर सुवेदी, काँग्रेस जिल्ला सदस्य भीमसेन महत, हेटौंडा–१६ वडा  अध्यक्ष रामकृष्ण कोइरालालगायतको उपस्थिति रहेको थियो ।
    


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार