Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

बालबोधले मनायो स्थापना दिवस

balbod-(1)-1517926529.jpg

२३ माघ, हेटौँडा । हेटौंडा–१७ मा रहेको बालबोध माविले विविध कार्यक्रम गरेर ६७ औं वार्षिक स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी मनाइएको स्थापना दिवसको मंगलबार समापन मनाइएको हो ।
स्थापना दिवसमा विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । समापन कार्यक्रममा खेलकुद, हाजिरी जवाफलगायतका प्रतियोगितामा सहभागीलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न दाताले सहयोग गरेको छात्रवृति विद्यार्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा बेलायतमा रहेका केशव रुपाखेतीले ४ जना विद्यार्थीलाई उपलब्ध गराएको छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यार्थी आकृति सुवेदी, मनिषा महर्जन, स्वस्तिका अधिकारी र पविता मान्नधरलाई प्रति विद्यार्थी ८ हजार ४ सयका दरले प्रदान गरिएको थियो । छात्रवृत्ति केशवका दाजु बैकुण्ठ रुपाखेतीले प्रदान गरेका थिए ।
यसैगरी इन्टरनेट क्लबका अध्यक्ष तथा मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठले विद्यार्थीलाई गरेको सहयोग प्रदान गरिएको थियो ।  उनले विष्णुमाया श्रेष्ठ लाई ३ हजार ६ सय, शैलेस ढकाललाई ६ हजार, मिना तिमल्सिनालाई ३ हजार ६ सय र प्रतिमा सुवेदीलाई ३ हजार ६ सय सहयोग उपलब्ध गराएको प्राचार्य भीमसेन श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा शिक्षक उमाकान्त आचार्यले उत्कृष्ट अंक ल्याउने पुन तिमल्सिना र विदान आचार्यलाई एक÷एक हजार प्रदान गरेका थिए । यस्तै शिक्षक रमेश रिजालबाट उत्कृष्ट विद्यार्थीलाई विद्या खड्का, विना श्रेष्ठ, तारा डंगोल र रविन्द्र पौडेललाई जनही एक÷एक हजार र सुपेन्द्र श्रेष्ठ, आरती सुवेदी, सन्दीप दाहाल र पुजन तिमल्सिनालाई पाँच÷पाँचसय नगद प्रदान गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप र कक्षागत रुपमा उत्कृष्ट छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजित आमा अभिभावक म्युजिकल चियर्स, शिक्षक स्लो बाइक, म्ुजिकल चियर्स र विद्यार्थी बीच भएको एकल नृत्यमा प्रथम, द्धितीय र तृतिय हुनेलाई पुरस्कार प्रदान गरिएको थियो । साथै विद्यार्थीलाई अनुशासन पुरस्कार पनि प्रदान गरिएको थियो । स्थापना दिवसको अवसरमा कबड्डी, हाजिरीजवाफ, चकलेट दौड, भलिबल, मेमोरी टेस्टलगायतका प्रतियोगिता आयोजना गरेको प्राचार्य श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर विष्टको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अतिथि हेटौंडा १७ का वडा अध्यक्ष भैरवबहादर राई रहेका थिए । कार्यक्रममा दामोदर सुवेदी, रामबहादुर नेपाली, गीता नेपाली, जानुका सुवेदी, रीता दाहाल, छविलाल सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

पारिजात स्मृति सम्मान डा.महेश मास्केलाई
IMG_1436-1713360381.JPG

५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...

कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
dfff-1713358872.jpg

५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...

१३० किलो लागु औषध गाँजासहित ७ जना पक्राउ
dd-1713358724.jpg

५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति
Screenshot_20240417_17383-1713354825.jpg

५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।  बुधबार...

नेपालद्वारा साउदी अरेबिया ६ विकेटले पराजित
Nepali_Team_Cricket-17131-1713354373.jpg

५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...

थप समाचार