Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार योञ्जनलाई अर्पण

20170128_161020-1485604094.jpg

१५ माघ, हेटौंडा । भीम विराग संगित साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार यसबर्ष अग्रज कला साधक संगितकार कर्म योञ्जनलाई अर्पण गरिएको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा १० अौं संस्करणको पुरस्कार संगितकार योञ्जनलाई अर्पण गरिएको हो । 

गीतकार एवम् सिने निर्देशक चेतन अधिकारीले नगद १ लाख रूपैयाँ र सम्मानपत्र हस्तान्तरण गरेका छन् । पुरस्कारको यो दशौं संस्करण हो । कार्यक्रममा समाजसेवी मुक्तिगोविन्द जोशी र सल्लाहकार तुल्सी थापालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा गायक दुर्गा खरेलले 'बोलाउ भने तिमीलाई बात लाग्ने डर', 'सारंगीको ताल मेरो मनको गित गाउँछ' जस्ता गीत गाएर माहोलमा उत्साह थपेका थिए । कार्यक्रममा प्रलय चौलागाईं, कृष्णगोपाल सिंह, सुनिल केसी, पुरनविक्रम अधिकारीले अाफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार एवम् संचारकर्मी प्रकाश सायमी, साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनाल, संचारकर्मी प्रताप विष्ट, केशवलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुरका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले अाफ्नो अामाको सम्मानमा स्थापना गरेको पुरस्कार यसअघि कला साधक अम्बर गुरूङ, प्रेमध्वज प्रधान, भक्तराज अाचार्य, फत्तेमानराज राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगित प्रशिक्षण केन्द्र र मिरा राणालाई अर्पण गरिएको थियो प्रतिष्ठानका अध्यक्ष उज्ज्वल शर्मा भण्डारीले बताए ।

20170128_160403-1485604095.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार