अन्तराष्ट्रिय

भारतको कर्नाटकमा बस दुर्घटनाः २८ को मृत्यु 

Bus-Accident-1543109234.jpg

९ मंसिर, हेटौँडा । भारतको कर्नाटक राज्यमा शनिबार भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको संख्या २८ पुगेको भारतीय प्रहरीले जनाएको छ । मृतकमध्ये केही छात्रछात्रा पनि रहेको बताईएको छ ।
दक्षिणी राज्य कर्नाटकको मन्द्या जिल्लामा एउटा यात्रुवाहक बस सडकबाट चिप्लिएर नहरको तालमा खस्दा बसमा यात्रारत् २८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बसमा कतिजना यात्रा गरिरहेका थिए भन्ने विषयमा केही बताएको छैन । तर, दुर्घटना अत्यधिक तीव्रगतिका कारण गति नियन्त्रण हुन नसक्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा हुन आएको प्रहरीले जनाएको छ । स्थानीय सन्चारमाध्यमहरुले भने बसमा ३५ जना यात्रा गरिरहेका बताएका छन् । 
यसैबीच, कर्नाटकका मुख्यमन्त्री एच. डी कमास्वामीले दुर्घटनामा परेका पीडितका परिवारलाई राहत सहयोग गर्ने बताएका छन् ।  भारतमा प्रत्येक वर्ष सडक दुर्घटनामा परी एक लाख ५० हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् । सेप्टेम्बरमा कर्नाटकको छिमेकी तेलंगना राज्यमा भएको बस दुर्घटनामा पनि ५० जनाको ज्यान गुमेको थियो भने गत बिहीबार मध्ये प्रदेशमा यात्रुवाहक बस विद्यार्थी बोकेको भ्यानसँग ठक्कर खाँदा ६ जना विद्यार्थीको मृत्यु भएको थियो । (एजेन्सी)


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
हेटौँडा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा पौडेल नियुक्त 
poudel-1544801551.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ प्रदेश सरकारले शुक्रबार प्रदेश मातहत रहेका ९ वटा जिल्लाका सरकारी...

श्रष्टाले रोयल्टी पाउने गरी कानुन बन्छः मुख्यमन्त्री पौडेल
48397537_128327264750319_-1544799369.jpg

२८ मंसिर, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले  राज्य परिबर्तनको लागि श्रष्टा सर्जगहरुको...

नुवाकोटमा मिनिट्रक दुर्घटना, १६ को मृत्यु
Nuwakot-1544795882.jpg

२८ मंसिर, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाँउपालिका वडा नं १ घ्याङफेदीमा शुक्रबार साँझ मिनि ट्रक दुर्घटना हुँदा...

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न
bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद...

साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
SAAF-Women-1544790022.jpg

२८ मंसिर, काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।  प्रतियोगिता...

२० किलो चरेससहित एक युवक पक्राउ
arrested-1544789290.jpg

२८ मंसिर, कपिलबस्तु । कपिलवस्तु प्रहरीले २० किलो चरेससहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा...

गोरखनाथ सहकारीको १७ औं वार्षिक साधारणसभा
Goraksha-1544788545.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको गोरखनाथ दुग्ध उत्पादक सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा...

कांग्रेस महासमिति बैठकमा आज नाम दर्ता, भोलि उदघाटन
Nepali-Congress-1544776587.jpg

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकको चहलपहल शुरु भएको छ । महासमिति बैठकका लागि देशभरबाट काठमाडौं...

नेपालमा यी भारतीय रुपैँया प्रयोगमा प्रतिवन्ध
Indian-new-currency-1544709740.jpg

२७ मंसिर, काठमाडौं । नेपाल सरकारले नेपालमा भारतीय रुपैँयाको प्रयोगमा प्रतिवन्ध लगाएको छ । सरकारले नेपालमा २ सय, ५...

थप समाचार