खेलकुद

भूमि अधिकार मञ्चद्वारा मूख्यमन्त्रीलाई ज्ञापनपत्र

MukhyaMantri-lai-GyapanPa-1526225984.jpg

३० बैशाख, हेटौँडा । राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुरले ४ बुँदे माग राख्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई आईतबार ज्ञापन पत्र बुझाएको छ । 
जिल्ला भुमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष टंकप्रसाद चौलागाईको नेतृत्वमा गएको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई ज्ञापनपत्र बुझाएको हो ।
टोलीमा जिल्ला भुमि अधिकार मञ्चकी जिल्ला सचिव मिरा स्याङ्तान, कोषाध्यक्ष डोल्मा स्याङ्बो, सहसचिव यज्ञबहादुर श्रेष्ठ, सामुदायिक आत्मनिर्भर केन्द्रका जिल्ला संयोजक राम शाही लगायतको सहभागिता रहेको थियो ।
मञ्चले मकवानपुरको २०२२ र २०३२ सालमा नापी भई वसोवास तथा भोगचलनमा रहेका जग्गा नापजाँच गरी सम्वन्धित भोगकर्ताको नाममा जग्गा दर्ता गर्न माग गरेको छ । साथै नापी भईसकेको जोतभोगको हकमा स्थानिय तहमै अनुगमन गरी लालपुर्जा वितरण गर्न पनि माग गरेको छ । भुकम्प पीडित लाभग्राही सुचिमा नाम आएका तर जग्गाधनी प्रमाणपुर्जाको कारणले अनुदान सम्झौता गर्न नपाएका ८ हजार २ सय ३७ परीवारसँग सोहि ठाउँमा बसोवास गरेको अन्य प्रमाणको आधारमा छिटो भन्दा छिटो अनुदान सम्झौता गर्नुपर्ने राष्ट्रिय भुमि अधिकार मञ्चको दाबी छ ।
‘बाढि, पहिरोको  जोखिम भएको खण्डमा सुरक्षित वसोवास तथा जिविकोपार्जनमा समेत विचार गरी पुर्नस्थापनाको व्यवस्था गरीयोस्’ मञ्चद्वारा बुझाईएको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रदेश नम्बर ३  को भुमि तथा कृषि सम्वन्धि ऐन वनाउँदा राष्ट्रिय भुमि अधिकार मञ्चका पदाधिकारीलाई पनि समावेश गराउन माग गर्दै मञ्चले गुनासो दर्ता गरेका भुकम्प प्रभावित परिवारको स्थलगत अध्ययन मार्फत् पुनःसर्वेक्षण गरी स्थानीय तहको अगुवाईमा छिटो भन्दा छिटो गुनासो सम्वोधन गरी अनुदान सम्झौता गर्न पनि माग गरेको जिल्ला भुमि अधिकार मञ्चका सहसचिव यज्ञबहादुर श्रेष्ठले बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने
IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ
KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ
Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श
Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया
Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश
Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु
HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ...

हेटौडामा विपद व्यवस्थापन तथा अनुकुलन गोष्ठी
CCDN-1553266058.jpg

८ चैत, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र सामुदायिक विकास केन्द्र, नेपाल (सिसिडिएन)को...

जनकल्याणद्वारा ज्येष्ठ शेयर सदस्यहरुलाई धार्मिकस्थलको भ्रमण
Tour-1553264238.jpg

८ चैत, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाद्वारा संस्थामा आवद्ध ज्येष्ठ शेयर...

थप समाचार