ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति बटुल्नुहुन्छ प्लास्टिक
कत्ति उठाउनुहुन्छ फोहोर
भो, अब नगर्नोस् ।
सफा गर्छौँ भनेर कसम खानेहरू
चुनाव जितेर गइहाले
सायद अब पाँच वर्षसम्म देखा नपर्लान्
तपाईँले पढाएका विद्यार्थीहरू
दिनहुँ यही बाटो हिँड्छन्
“सर ! हामी पनि छौँ”भन्दैनन्
“म्याडम् ! हामी पनि खट्छौँ” भन्दैनन्
बरु नाक छोपेर हिँड्छन्
बरु मुख लुकाएर भाग्छन्
उनीहरू ठुलो मान्छे हुन छोडेर
यो सानो काममा के आउँथे र !
उनीहरू क्याफे र रेस्टुरेन्ट जान छोडेर
यो अस्तव्यस्ततामा के रमाउँथे र !
ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति लाउनुहुन्छ खरेटो
कत्ति फाँड्नुहुन्छ झाडी
भो, अब नगर्नोस् ।
मेला लाउनेहरू व्यापार गर्छन् र कमाएर फर्किन्छन्
खेलाडीहरू पुरस्कार जित्छन् र खुसीयाली मनाउँछन्
सवारी सिक्नेहरू दक्ष हुन्छन् र लाइसेन्स लिन्छन्
नेताहरू भाषण गर्छन् र माथिमाथि पुग्छन्
यो त्यही चौर हो
जहाँ मान्छेहरू कुकुरको सट्टा बाह्रै महिना कात्तिक मनाउँछन्
यो त्यही चौर हो
जहाँ मान्छेहरू सोमरस तन्काएर वाकवाकी गरिरहेका हुन्छन्
तपाईँहरूले ठुलो गल्ती गर्नु’भो यो देशमा जन्मिएर
चारैतिर हराभरा हुनुपर्छ भन्नुहुन्छ
सबैतिर सिनित्त र सफा पार्नुपर्छ भन्नुहुन्छ
यो अनौठो कुरा गर्नु’भो तपाईँहरूले
यो कसैले नउठाएको मुद्दा उठाउनु’भो तपाईँहरूले
हामीलाई त फोहोरमा रमाउने बानी परिसकेको छ
हामीलाई त रछ्यानमा बसेर खाने लत बसिसकेको छ
ए, शेषकान्त सर !
ए, निर्मला म्याडम् !
कत्ति जलाउनुहुन्छ थोत्रा कागज
कत्ति पन्छाउनुहुन्छ सिसाका टुक्रा
भो, अब नगर्नोस् ।
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...