Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भौतिक मन्त्रालयको काम तिब्ररुपमा अघि बढ्छः मुख्यमन्त्री पौडेल

Bhautik-Mantralaya-1542373601.JPG

३० कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक मन्त्रालय मार्फतको कामलाई तिब्रता दिईने बताएका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलमा बोल्दै उनले प्रदेशको महत्वपूर्ण रहेको मन्त्रलायको कामलाई अब नयाँ ढंगबाट अगाडि बढाईने बताए । 
प्रदेशको बजेटको १३ अर्ब भन्दा बढि बजेट रहेको मन्त्रालयमा चुनौती भएपनि यसलाई सहज ढंगले अगाडि बढाईने उनको भनाई थियो । सुरुवातका दिनमा कर्मचारी व्यवस्थापनमा केहि समस्या भएपनि विस्तारै अब सहज बनाईने उनले दावी गरे ।
योजनाहरुको तुलनामा कर्मचारी कम भएको भएपनि काम अगाडि बढाउन प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक बर्षमा नै काम सम्पन्न गराउने उनको भनाई थियो । कर्मचारीलाई काम गर्न सहज बनाउन सरकारले जस्तो सहयोग गर्न सक्ने उनले जानकारी दिए । 
कार्यक्रममा बोल्दै प्रदेशका प्रमुख सचिब आनन्दराज ढकालले नतिजा आउनेगरी काम गर्न निर्देशन दिए । कार्यक्रममा मन्त्रालयका सचिब कौशल किशोर झाले कार्यपत्र प्रस्तुत गरेका थिए । 
यसैगरी मन्त्रालय अन्तर्गत यातायात पूर्वाधार निर्देशनालय एउटा, पूर्वाधार विकास कार्यालयहरु ६ वटा, जलस्रोत तथा सिंचाई विकास डिभिजन १३ वटा, भुमिगत जलस्रोत तथा सिंचाई बिकास डिभिजन ५ वटा, खानेपानी तथा सरसफाई डिभिजन ५ वटा, यातायात व्यवस्था कार्यालय १० वटा, नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय एउटा, नयाँ शहर आयोजना कार्यलयहरु २ वटा रहेका छन् । 
कार्यक्रममा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यन्त्री तथा मन्त्रिपरिषदका कार्यलयका सचिब रमेश शिवाकोटीको पनि सहभागिता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सभा सचिवालयको संचारकर्मीसंग अन्तरक्रिया
Screenshot_20240329_17300-1711712864.jpg

१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।...

हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

थप समाचार