Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरका चिरपरिचित प्रतिष्पर्धी जो पराजित भए

nepal-poll-1512903756.jpg

२४ मंसिर, हेटौँडा । चुनाव भनेकै हार जित हो । तर एउटै उम्मेदवार उही प्रतिष्पर्धीसंग कति पटक हार्छ होला । मकवानपुरमा केही यस्ता चिरपरिचित प्रतिष्पर्धी छन् जो उही उम्मेदवारसंग पटक पटक हारिरहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ का चिरपरिचित प्रतिष्पर्धी हुन् राप्रपा अध्यक्ष कमल थापा र एमालेका नेता कृष्णप्रसाद दाहाल । दाहाल र थापाले २६ बर्ष अघि संगै प्रतिष्पर्धा गरेका थिए । त्यसयता उनीहरुहरुको चुनावी जम्काभेट ४ पटक भईसक्यो । तर दाहालसंगको पराजित हुनलाई थापाले ह्याट्रिक गरिसके । त्यसैले होला यसपटक चुनावी अभियानका क्रममा थापाले ‘मैले कति पटक हारेको थाहा हुन छोडिसक्यो, जितेको एक पटक पन्चायतमा हो, त्यसपछि १ पटक बहुदल आएसी’ भन्ने गरेका थिए । दाहाल र थापाबीच २०४८, २०५१, २०५६ र २०७४ मा चुनावी प्रतिष्पर्धा भयो । २०५१ सालमा दाहाललाई पराजित गरेका थापा बाँकी निर्वाचनमा संग पराजित भए ।
थापा र दाहालजस्तै चुनावीमा मैदानमा पटक पटक जम्माभेटमा परेका उम्मेदवार हुन् एमाले केन्द्रीय सदस्य विरोध खतिवडा र कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना । यी दुबैको जम्का भेट पहिलो पटक २०४८ सालमा भएको थियो । त्यस यता दुबैबीच ३ पटक चुनावी प्रतिष्पर्धा भयो । खतिवडासंगको चुनावी हारमा उपाध्यायले ह्याट्रिक गरेकी छिन् । उनले चुनावी मैदानमा अहिलेसम्म जित हासिल गरेकी छैनन् । उपाध्यायलाई खतिवडाले २०४८, २०५१ र २०७४ मा पराजित गरे ।
मकवानपुरमा प्रतिष्पर्धा गरेकामध्ये विजयी हुने ईन्द्रबहादुर बानियाँ पूर्व गृहराज्यमन्त्री हुन् भने कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, प्रेमबहादुर पुलामी र कुमारी मोक्तान पूर्व सांसदहरु हुन् । डोरमणी पौडेल हेटौँडाका पूर्व मेयर हुन् । पराजित मध्ये कमल थापा उपप्रधानमन्त्री, राजाराम स्यांतान पूर्व सांसद हुन् भने धर्मराज लामिछाने कांग्रेस क्षेत्र नम्बर १ का पूर्व सभापति हुन भने यतिराज सापकोटा कांग्रेस क्षेत्र नम्बर २ का सभापति हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार