Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरका २ सय पुर्ननिर्माण प्राविधिक आन्दोलनमा

NRA-1550998867.jpg

१२ फागुन, हेटौँडा । भुकम्प पछिको पुर्ननिर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित भएका छन् । 
आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र पुर्ननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएका छन् । 
उनीहरुले पुर्ननिर्माणसम्बन्धी कार्यलाई प्रभावकारी र पारदर्शी बनाई तत्काल दु्रत गतिमा अघि बढाउन माग गरेका छन् । यसका लागि गाउँ तहसम्म खटिएका प्राविधिकहरुको सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ । प्राविधिकलाई दिंदै आएको भौगोलिक, प्रोत्साहन, यातायात साथै सञ्चार भत्ता मासिक रुपमा उपलव्ध गराउनुपर्ने, प्राविधिकहरुको दुर्घटना, स्वास्थ्य तथा जीवन विमा गरिनुपर्ने, प्राविधिकका लागि तालिमको व्यवस्था हुनुपर्ने र सञ्चयकोषको लागि पहल गरिनुपर्ने माग उनीहरुको छ । 
आफ्ना माग पुरा नभएसम्म सोमबारदेखि पुर्ननिर्माणको काममा नखटिने उनीहरुको चेतावनी छ । आफ्नो मागबारे आन्दोलनरत इन्जिनियरहरुले केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहल, पुर्ननिर्माण प्राधिकरण काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर र मकवानपुरका सबै स्थानीय तहलाई अवगत गराएको आन्दोलनका संयोजक इन्जिनियर परवेज खानले बताए । मकवानपुरमा इन्जिनियर, सव–इन्जिनियर र असिष्टेन्ट सव–इन्जिनियर गरी २ सय प्राविधिक कार्यरत छन् ।

CDO-1550998867.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

थप समाचार