Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मदिरा नियन्त्रणका लागि प्रदेश सरकार सुझाव संकलनमा

Rss_Images_1517567246716_-1542209036.jpg

२८कार्तिक, हेटौँडा । मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको लागि तीन नम्बर प्रदेश सरकारले छलफल अघि बढाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको लागि जिल्लातहबाटनै सुझाव संकलन थालेको हो । 

 मन्त्रालयले बुधबार हेटौंडामा मकवानपुर सहित चिवतवन, धादिङ, नुवाकोट र सिन्धुली जिल्लका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको सम्पन्न गरेको छ । कार्यक्रमा बोल्दै तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो चरणमा मदिरा बिक्रीको लागि बितरण दिइने  इजाजतमा कडाई गरिने भन्दै , मदिरा नियन्त्रणलाई पूर्ण ब्यवस्थित गर्न ऐन कार्यान्वयनसँगै स्थानीयहरुको सहयोग अपरिहार्य रहेको बताएका छन  । मुख्य मन्त्रि पौडेलले मदिरा उत्पादनसंगै त्यसको बिक्रि वितरण र प्रयोगले समाजमा बिकृती बढेको बताउदै प्रदेश सरकार त्यस्ता बिकृती र बिसङ्तीलाई नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न तयार रहेको बताए  । त्यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले दुई महिना भित्र मदिरा नियन्त्रण सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन गरिने बताए । मन्त्री जारकट्टेलले  सरोकारवालाहरुसँगको  छलफलपछि तुरुन्तै ऐन निर्माण गरी मदिराको उत्पादनेखि बिक्री र सेवनमा पनि कडाई गरिने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको असर, मदिराको नकरात्मक असर, मदिरासंग सम्बन्धित विद्यमान ऐन, कानुन, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा मकवानपुर, धादिङ, नुवाकोट, सिन्धुली र चितवनका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले आफ्ना जिल्लामा भएका मदिराजन्य विषयमा तयार पारिएको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । यता अन्तरक्रियामा सहभागिहरुले मदिरालाई पूर्ण निषेध भन्दा पनि बिक्री बितरणलाई ब्यवस्थित बनाईनुपर्नेमा जोड दिएका  थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार