Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

मकवानपुरगढी गाउँपालिका

मनकामनाले किसानलाई बाँडयो ५ करोड ५० लाख

Manakamana-1543671097.jpg

१५ मंसिर, हेटौँडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले आव ०७४/०७५ मा शेयर सदस्यहरुबाट दुग्ध खरीद गरेवापत ५ करोड ५० लाख भुक्तानी दिएको छ । 
यो रकम संस्थाले ९ लाख ९१ हजार ८ सय ९५ लिटर दूध खरीद गरेवापत किसानहरुलाई भुक्तानी दिएको हो । संस्थाको शनिवार सम्पन्न भएको ३१ औं वार्षिक साधारणसभामा प्रस्तुत भएको संस्थागत प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । साधारणसभाको उदघाटन गर्दै प्रदेश ३ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्रदेश सरकारले सहकारीको विकासको लागि आवश्यक सहयोग गर्ने बताए । सहकारीको माध्यमबाट समृद्धिको ढोका खोल्न सकिने बताउदै मन्त्री लामाले सबैको सहयोग र साथ लिएर सहकारीको विकास गरिने बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्णप्रसाद दाहालले संस्थागत प्रतिवेदन र लेखा समितिका संयोजक मधुसुदन देवकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई,केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, सहकारी संघका केन्द्रीय सदस्य बद्रीप्रसाद लम्साल,मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी,संस्थाका संस्थापक अध्यक्ष हरप्रिसाद अधिकारी, पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेल,व्यवस्थापक बलराम हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार