Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

मनहरी हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माण कार्य सुरु 

Raksiran-Gaupalika1-1513257612.jpg

२८ मंसिर, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका हुँदै राक्सिराङ पुग्ने मोटरबाटो निर्माणको काम सुरु भएको छ । मनहरीबाट प्याङ्चे हुँदै राक्सिराङको चैनपुर जाने सडकको बिहीबार राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका छन् । 
मोटरबाटोको रुपमा विकास गर्ने लक्ष्यसहित २०३४ सालबाट निर्माण कार्य थालनी गरिएको बाटो अहिले गोरेटोको रुपमा रहेको छ । अहिले मानिस हिँड्न समेत निकै अप्ठेरो रहेको बाटोलाई फराकिलो बनाएर ३ महिनाभित्र राक्सिराङ गाउँपालिकाको केन्द्रमा मोटर पु¥याउने लक्ष्यसहित काम अघि बढाइएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । 
बाटो निर्माणको लागि गाउँपालिकाले एक करोड १७ लाख विनियोजन गरेको थियो । २०३४ सालमा खनेको बाटो अहिले गोरेटको रुपमा रहेको छ । मान्छे हिँड्न समेत निकै कष्ट हुने बाटोलाई फराकिलो बनाएर गाडी गुड्न मिल्ने बनाइने गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । 
६ किलोमिटर बाटो निर्माणको लागि मनहरीबाट प्याङ्चे र प्याङ्चेबाट चैनपुर गरी २ भागमा विभाजन गरी २ वटा निर्माण उपभोक्ता समिति बनाइएको छ । बाटोको शिलान्यासमा गाउँपालिका उपाध्यक्ष निर्मला हिमडुङ, राक्सिराङ ४ र ५ नम्बर वडा अध्यक्ष चन्द्रसिँह प्रजा र रामकृष्ण प्रजा, निर्माण उपभोक्ता समूहका अध्यक्षद्वय खुसीलाल प्रजा र दीपक प्रजालगायतले बाटो निर्माणपश्चात राक्सिराङ गाउँपालिकाको केन्द्रबाट व्यापारिक केन्द्र मनहरी तथा बजारसम्म आवतजावन गर्न सहज हुने धारणा राखेका थिए । 

Raksiran-Gaupalika11-1513257612.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

थप समाचार