Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मन्त्रीमा मकवानपुरका ३ को चर्चा

Mantri-Banne-line-Maa-1469521840.jpg

११ साउन, हेटौँडा । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार गर्न व्यस्त छन् । केन्द्रमा नामावली तयार भईरहँदा मकवानपुरमा पनि नयाँ मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ । 
जिल्लाका राजनैतिक दलका नेता, कार्यकर्ता अहिले मन्त्री बन्नेको लाईनमा नेपाली काँग्रेसका २ र नेकपा माओवादी केन्द्रका एकजना सांसदको नामबारे चर्चा गरिरहेका छन् । चर्चामा रहेका सांसदमा नेपाली काँग्रेसको तर्फबाट पूर्व केन्द्रिय सदस्य महालक्ष्मी डिना उपाध्याय र जिल्ला सभापति इन्द्रबहादुर बानियाँ छन् भने माओवादी केन्द्रको तर्फबाट रामनारायण विडारी छन् । चर्चामा रहेका मध्ये बानियाँ प्रत्यक्ष निर्वाचित हुन् भने विडारी र उपाध्याय समानुपातिकतर्फका हुन् । उपाध्याय पूर्व जलस्रोत राज्यमन्त्री हुन् भने नयाँ संविधान निर्माणका क्रममा विडारी मस्यौदा समितिमा थिए ।

मन्त्री बन्ने चर्चामा विडारीको नाम कानूनमन्त्रीमा छ भने उपाध्याय र बानियाँको खुलेको छैन । माओवादी केन्द्रनिकट एक नेताका अनुसार खिमलाल देवकोटा नयाँ शक्तिमा गएपछि विडारी जत्तिको कानूनका जानकार माओवादीमा नरहेकाले उनी मन्त्री बन्ने प्रायः निश्चित छ । विडारी अहिले प्रचण्डका विश्वासपात्र मध्येका एक भएकाले पनि उनी मन्त्री बन्ने विडारीलाई नजिकबाट चिन्ने जिल्लाका राजनीतिककर्मीहरु बताउँछन् । उपाध्याय र बानियाँमध्ये एकजना मात्रै मन्त्री हुने वा दुबै मन्त्री हुने सम्भवनाबारे समेत राजनीतिक वृत्तमा चर्चा छ ।

काँग्रेस महाधिवेशनमा केन्द्रिय सदस्यमा खुल्लातर्फ चुनावमा हारेकी डिनालाई व्यवस्थापन गर्न देउवाले मन्त्री बनाउने चर्चा एक थरीको छ भने मकवानपुरमा काँग्रेसको तर्फबाट खाता खोलेका र धेरैको भरोसा बनेको पार्टीमा रिर्पोटिङ रहेकाले बानियाँलाई मन्त्री बनाउनुपर्ने आवाज केन्द्रमा बलियो रहेको अर्का थरी बताउँछन् । तीनैजना नेता मन्त्री बन्नका लागि आफ्नो पक्षमा जिल्लातहदेखि केन्द्रिय तहसम्मका च्यानल प्रयोग गरी नेतालाई दवाव सिर्जना गरिरहेका छन् । चर्चामा रहेका तीनमध्ये कसको पक्षमा पल्ला भारी हुने हो त्यो भने केही दिनमा बाहिर आउने छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार