Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मानिकलाल स्मृति फुटवलको उपाधि सयपत्रीलाई 

footbal-fainal-2-1487512135.jpg

८ फागुन, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र सरिखेतमा मानिकलाल स्मृति प्रतिष्ठानको आयोजनामा सुरु भएको ४ नम्बर क्षेत्रस्तरीय फुटवल प्रतियोगिताको उपाधि सयपत्री युवा क्लव सुनाचुरीले हात पारेको छ ।
आईतबार भएको फाइनल खेलमा सयपत्री युवा क्लव सुनाचुरीले ताम्सालिङ युवा क्लव कालिकाटारलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
पहिलो हुने सयपत्री युवा क्लवले ३० हजार नगद, सिल्ड र प्रमाणपत्र पाएको थियो भने दोस्रो हुन सफल ताम्सालिङले नगद १५ हजारसहित, सिल्ड र प्रमाणपत्र पाएको थियो ।
त्यसैगरी बेष्ट प्लेयर सयपत्रीका मनिष पौडेल, बेष्ट डिफेन्स र सर्वाधिक गोलकर्ता क्रमशः ताम्सालिङका सन्तोष बस्नेत र सुजन गुरुङ बन्न सफल भएका छन् ।
प्रतियोगिता संयोजक बीरेन्द्र जिम्वाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमूख अथिति नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवं सांसद महालक्ष्मी उपाध्याय डिना, विशिष्ट अथिति काँग्रेस जिल्ला सचिव बुद्ध लामा, निवर्तमान सभापति रघुरमण न्यौपानेले विजयी खेलाडी तथा क्लवलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा जिल्ला सदस्य ईश्वर रुम्बा, महासमिति सदस्य चित्रबहादुर थापा, नेपाल महिला संघकी ४ नम्बर क्षेत्री अध्यक्ष जानकी लामा, शिक्षक संघ सरिखेतका अध्यक्ष मिथुन रुम्बा, सिमन बिक, टेकबहादुर स्याङतानलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा मकवानपुर ४ नम्बर क्षेत्रका १२ टिमले सहभागिता जनाएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार