समाज

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह

Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको रुख काटिएको छ । नवलपुर सरस्वती बसामाडी सामुदायिक वन उपभोक्ता समूहले विहिबार पत्रकार सम्मेलन मूख्यमन्त्री पौडेल अध्यक्ष रहेको स्मारकले गैरकानूनी रुपमा रुख कटान गरेको जानकारी दिएको हो । 
समूहका अध्यक्ष माधव सुवेदीले  मूख्य मन्त्री एवं सहीद स्मारक विकास समितिका अध्यष पौडलको निर्णय अनुसारसालको रुख कटान भएको बताएका हुन् । सामुदायिक वन क्षेत्र अन्तरगत स्मारकमा रुख कटान गरी घाटगद्धी गरिएको छ । भौतिक संरचना निर्माणका लागि वन नै सखाप हुने गरी रुख कटान गरेको पाईएकाले  जिल्ला वन कार्यालयमा कारवाहीका लागि निवेदन दिंदा समेत वेवास्ता भएकाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नु परेको उपभोक्ता वन समूहका उपभोक्ता राममणि उप्रेतीले बताए । उनले वन क्षेत्रभित्र मेसिनको प्रयोग गरी जग्गा सम्याउने काम भईरहेको समेत बताए । 
समूहका उपाध्यक्ष बालकृष्ण बिडारीले स्मारकको लागि करिब ३ करोड रुपैँयाको परियोजना आएकाले एक दर्जन लाथ्रा काटिएको बताए । सामुदायिक वनमा सालका रुख कटान भएको जानकारीमा आएको भन्दै अनुसन्धानका लागि निर्देशन दिईसकेको जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख प्रलाद धितालको भनाई छ । उपभोक्ताहरुले भने प्राकृतिक स्रोतको दोहन गर्न शक्तिको दुरुपयोग भएको भन्दै दोषिलाई कारवाही गर्न आग्रह गरेका छन् ।

Rukh-Kataan-1537451185.jpg

Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
क्यान्सर पीडित जिम्बाको उपचारमा सहयोगको आग्रह
Help-Photo-1544363993.png

२३ मंसिर, हेटौंडा । विगत ८ महिनाबाट पाठेघरको क्यान्सर पीडित हेटौंडा–१९ की कमला जिम्बाको उपचारमा सहयोगका लागि...

श्रीमान श्रीमति नै लागुऔषध कारोबारमा संलग्न
Arrested-1544360615.jpg

२३ मंसिर, हेटौँडा । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न श्रीमान श्रीमतिलाई नै पक्राउ गरेको छ ।उनीहरुलाई...

इन्जिनियर निर्वाचन : लोकतान्त्रिक प्यानलद्वारा अवधारणा प्रस्तुत 
Engineer-1544359582.JPG

२३ मंसिर, काठमाडौं । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन ९एनइए०को निर्वाचन नजिकिँदै जाँदा...

भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न : प्रधानमन्त्री ओली
KP-Oli-1544359070.jpg

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेको भ्रष्टाचार विरुद्धको संकल्प शतप्रतिशत...

भारतसंगको सम्बन्ध सुमधुर बनाउँछु : आचार्य
Nilambar-Acharya-1544358479.jpg

२३ मंसिर, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसंगको सम्बन्धलाई सुमधुर बनाउने बताएका...

कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन : महासेठ
Raghubir-1544354218.jpg

२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कमी कमजोरीलाई सच्याएर अघि बढ्नुको...

सर्जक सञ्जाल मकवानपुरको संयोजकमा निमेष
Sarjak-1544352207.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक...

मिस वर्ल्ड : श्रृंखला टप–१२ बाटै बाहिरिइन्
Sri-1544278452.jpg

२२ मंसिर, काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । यो संगै नेपालको मिस...

भेट्रान्स कपको उपाधी एविसी भेट्रान्स पोखरालाई
Final-Vet1-1544274544.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सह–आयोजनामा चौघडामा भएको भेट्रान्स...

थप समाचार