राजनीति

मूख्यमन्त्री पौडेलद्वारा विज्ञहरुसँग परामर्श

cm1-1520696130.jpg

२६ फागुन, हेटौँडा । प्रदेश नम्बर ३ को विकास तथा आगामी कार्ययोजना, नीति तथा कार्यक्रमका विषयमा ‘भिजन पेपर’ निर्माणको लागि हेटौँडामा विज्ञहरुसँग परामर्श गरिएको छ । 
मुख्यमन्त्री डोरमणी पौडेलको पहलमा भएको छलफल तथा अन्तरक्रियामा विषयगत विज्ञहरुले आफ्नो धारणा ब्यक्त गरेका थिए । प्रदेश नम्बर ३ को विकासको लागि आवश्यक विषय, आर्थिक स्रोतको पहिचान सहित पर्यटन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रबारे परामर्श भएको हो । 
बैठकमा अर्थ विज्ञ चन्द्रमणी अधिकारी, डा. पुष्प कंडेल, कानुनका रमेश बडाल, परशुराम उपाध्याय, योजना निर्माणका शुशिल ज्ञावली, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश श्रेष्ठ, पर्यटनमा अनिल लामासहित विज्ञहरु गोविन्द घिमिरे, आनन्द पोखरेल, मिलन घिमिरे र डा. तिलचन्द्र भट्टराईले विषयगत रुपमा योजना र नीति तथा कार्यक्रमको विषयमा धारणा ब्यक्त गरेका थिए ।
बैठकमा शुरुको ३ महिनाको लागि बनाईने नीति तथा कार्यक्रमको विषयमा छलफल तथा आउँदो आर्थिक वर्षको लागि जेठमा प्रस्तुत हुने नीति तथा कार्यक्रममा समावेश गर्न सकिने विषयबस्तुबारे समेत छलफल भएको थियो । छोटो समयमा नै गर्न सकिने विकास तथा दिर्घकालिन समयमा हुने विकासको विषयमा समेत छलफल भएको थियो । बैठकमा मुख्यमन्त्री पौडेलले अवको १० दिन भित्र सम्बन्धित मन्त्रालयलाई नीति तथा कार्यक्रममा समावेश गर्ने विषयको बारेमा प्रतिवेदन तयार पार्न र मन्त्रालयलाई आवश्यक विज्ञको टोली निर्माण गर्न समेत निर्देशन दिएका छन् । 
मुख्यमन्त्री पौडेलले केन्द्रीय सरकारले समेत पाँच वर्षमा अधिकतम विकास निर्माणको काम गर्ने लक्ष्य लिएको सन्र्दभमा आफुहरु पनि पाँच वर्षभित्र जनताले देख्ने, महशुस गर्ने गरि विकासको लहर ल्याउने अठोटको साथ काम अघि बढाउने बताए । उनले समृद्धिको यो अभियानमा सबैलाई सहयोग गर्न समेत आग्रह गरे ।
छलफलमा प्रदेश मन्त्रीहरु, प्रदेशतहका उच्च पदस्त कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
पूर्व उपप्रधानमन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज
sitaula-1553582378.jpg

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट...

विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा (विज्ञप्तिसहित)
biplab-1553581513.jpg

१२ चैत, हेटौँडा । सरकारले लगाएको प्रतिबन्धविरुद्ध विप्लव नेतृत्वको नेकपाद्वारा चैत १३ देखि २४ गतेसम्म...

प्रधानमन्त्रीले कर्णालीका सांसदसंग छलफल गर्ने
Oli-1553580050.jpg

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले कर्णाली प्रदेशका संघीय सांसदहरुसंग छलफल गर्ने भएका छन् ।...

त्रिशूली नदीमा  मिनिबस खस्यो तीन घाइते
IMG_20190214_213752-1553571535.jpg

    १२ चैत, हेटौंडा।पृथ्वी राजमार्गअन्तर्गत  चितवन को इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा  सोमबार राति...

चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट,चारको मृत्यु 
download-1553528566.jpg

११ चैत, सिन्धुपाल्चोक ।निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा बिस्फोट हुँदा चार जनाको मृत्यु...

१५ बोतल डाईलेक्ससहित बस्नेत पक्राउ
Ausad-1553526701.jpg

११ चैत, हेटौँडा । प्रहरीले लागुऔषध डाईलेक्ससहित एक युवकलाईलाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा ९ का २६ बर्षीय...

नाराबाजी पछि नेपालले भने : मैले रक्सी खाएको छैन 
Madhav-Nepal-1553525596.jpg

११, चैत, चितवन । होली वाइन पिएको भन्दै नारावाजी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार...

 पुलिसले फ्रेण्डस क्लबलाई ३ गोलले पाखा लगायो
IMG_5823-1553522536.JPG

 ११ चैत, हेटौंडा । हेटोँडामा जारी दोस्रो भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सोमबार भएको...

नेपाल र जापनबीच नेपाली श्रमिक लैजान समझदारी
Nepal-Japan-1553508959.jpg

११ चैत, काठमाडौं । नेपाल र जापान सरकारबीच नेपाली श्रमिकलाई जापान लैजाने विषयमा समझदारी भएको छ । श्रम, रोजगार तथा...

थप समाचार