Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मूख्यमन्त्री पौडेलले लिए ढकालको मृत्युबारे जानकारी

Mukhya-Mantri-1547125400.jpg

२६ पुस, हेटौँडा । संचारकर्मी एवं शिक्षक मनोहर ढकालको बुधबार साँझ भएको रहस्यमय मृत्युको घटनाबारे प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले जानकारी लिएका छन् । ढकालको शव राखेको हेटौँडा अस्पताल पुगेर उनले घटनाबारे जानकारी लिएका हुन् । 
विहिबार दिउँसो पुगेका  उनले  शव गृहमा शव निरिक्षण गर्दै घटनाबारे प्रहरीसंग जानकारी लिएका छन् । मूख्यमन्त्रीसंगै पुगेका मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको जानकारी दिएका थिए । घटनास्थल र शवको अवस्था लगायतको बारेमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले मूख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । शव गृहमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईसहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो । उनीहरुले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । 
पौडेलको दुर्घटना नभई हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको परिचालन समेत गरिएको थियो । ढकालको बुधबार साँझ हेटौँडा–१ भैरवडाँडास्थित पाथिभारा मन्दिर जाने सडक भित्रको जंगलमा शंकास्पद ढंगले मृत्यु भएको थियो । मोटरसाइकल दुर्घटना भनिएपछि घटनास्थल पुग्ने सर्वसाधारणले हत्याको आशंका गरेका छन् । 
उनको विहिबार अपरान्ह पोष्टमार्टमपछि राप्ति तटमा अन्त्येष्टि गरिएको छ । पदमपोखरीको पाँचतलेस्थित बुद्ध माविमा अध्यापन गर्ने उनी रेडियो अनमोलमा आवद्ध थिए । उनका श्रीमति, एक छोरा र एक छोरी छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार