Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

मेयर कपको उपाधि १० नम्बर वडालाई

IMG_4472-1520950226.JPG

२९ फागुन, हेटौँडा । मेयर कप फुटबल प्रतियोगिता–२०७४ को उपाधि हेटौंडा–१० नम्बर वडाको भूटनदेवी टिमले जितेको छ । 
हेटौंडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा ९ नम्बर वडाको कुष्माण्ड टिमलाई १–० गोलअन्तरले पन्छाउँदै १० नम्बर वडा च्याम्पियन भएको हो । १० नम्बर वडा अघिल्लो संस्करणको उपविजेता समेत हो । भूटनदेवी फुटबल टिमको तर्फबाट निर्णायक गोल सुशान्त लामाले गरे । उनले खेलको ६० औं मिनेटमा राष्ट्रिय खेलाडी रञ्जन बिष्टले उपलब्ध गराएको बललाई सहजै गोलमा परिणत गरेका थिए । लामा फाइनल खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद पाँचहजार रुपियाँ प्राप्त गरे ।

च्याम्पियन १० नम्बर वडाले उपाधिसहित नगद एकलाख ५० हजार रुपियाँ शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता टोलीले नगद ७५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । खेलका अधिकांश समय दश नम्बरले बललाई आफ्नो नियन्त्रणमा राखेपनि थप गोल भने गर्न सकेन । फाइनल खेलमा ९ नम्बरका खेलाडी अमिर श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । १० नम्बरका स्ट्राइकर वीके लामाले दोस्रो हाफमा प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । फाइनल खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता १० नम्ब्र वडाका सुशान्त लामा भए । उनले ३ हजार प्राप्त गरे । 
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै ९ नम्बरका अमिर श्रेष्ठले नगद १५ हजार रुपियाँ प्राप्त गरे । १० नम्बरका मनोज बिष्ट उत्कृष्ट डिफेन्डर, विवेक गुरुङ मिडफिल्डर, वीके लामा उत्कृष्ट फरवर्ड र रुपक मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । ९ नम्बरका सिचन लामा उत्कृष्ट गोलरक्षक घोषित हुँदा ३ नम्बर वडाका विजय दोङ सर्वाधिक गोलकर्ता घोषित भए । उत्कृष्ट सवै खेलाडी तथा प्रशिक्षकले जनही नगद सातहजार पाँचसय रुपियाँ प्राप्त गरे । 
विजेता, उपविजेता तथा सम्पूर्ण उत्कृष्ट खेलाडीलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीना लाामा, जिल्ला खेलकुद विकास समिति मकवानपुर अध्यक्ष माधव तिमल्सिना, सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष भेष खड्गी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विकासराज खनाललगायतले पुरस्कार प्रदान गरेका थिए । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा भएको प्रतियोगितामा १९ वटा वडाहरुको सहभागिता रहेको थियो । फागुन १९ गतेबाट हेटौंडामा सुरु भएको प्रतियोगिता नकाउट आधारमा सञ्चालन गरिएको थियो । 
प्रतियोगिता प्रत्येक वर्ष आयोजना गरिने र नगद राशिमा समेत बृद्धि गरिने आयोजकले बताएको छ । प्रतियोगिताको समापनको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापालाई खेल क्षेत्रको प्रोत्साहनसंगै शान्ति सुरक्षामा विशेष सहयोग पु¥याएको भन्दै प्रशंसापत्र प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार