Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यसरी पोखे मूख्यमन्त्री र मन्त्रीले मिडियामाथि आक्रोश

1-Bhadra-Photo-1534488162.jpg

१ भदौं, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले शुक्रबारबाट लागु भएको देवानी तथा फौजदारी संहिताको विरोध नगर्न आग्रह गरेका छन् । उनले संहिताको कार्यान्वयनले अपराध न्यूनिकरण हुने भएकाले विरोध नगर्न आग्रह गरेका हुन् ।
मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा शुक्रबार भएको कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले देशलाई समृद्ध बनाउने हो भने कानूनको कार्यान्वयन हुनुपर्नेमा जोड दिंदै समयानुकल संशोधन भई आएको यो संहिताले अपराध न्यूनिकरण हुने बताए । मूख्यमन्त्री पौडेलले संचारमाध्यमहरुले राम्रो कामको प्रचार नगरेर नराम्रोलाई मात्रै बाहिर ल्याएको बताए । 
‘हाम्रो हेटौँडामा पनि धेरैतिर हरियाली छ, तर पत्रकारहरु पिप्ले कुनातिर गएर खाल्डाखुल्डी भो भनेर समाचार बनाउनु हुन्छ’–उनले भने–‘संचारमाध्यम पनि सकारात्मक भईदिनुपर्यो ।’ मूख्यमन्त्री पौडेलले स्थानीय तहले कानूनले दिएको अधिकार भन्दा बाहिर गएर कर संकलन गरेको पाईए प्रदेश सरकारले दिने अनुदान रोक्का गर्ने चेतावनी दिए । 
कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रहरी, संचारकर्मी, स्वास्थ्यसहितका केही क्षेत्रले यसको विरोध गरिरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले अब देशमा कुनै पनि तह र तप्कालाई छुट नहुने भन्दै छाडातन्त्र अन्त्यमा सहयोग आवश्यक रहेको बताए । 
उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधिश पुष्पराज कोइराला, उच्च अदालत बार एशोसियसन हेटौंडाका अध्यक्ष युवराज ओली लगायतले संशोधित संहिता कार्यान्वयनमा सबै क्षेत्रको सकारात्मक सहयोगमा जोड दिएका थिए । कार्यक्रममा प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठसहित मन्त्रीहरु, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख लगायतले सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार