समाज

यसरी भयो कमानेमा बम डिस्पोज

Bomb1-1512542884.jpg

२० मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–८ कमानेमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । 
कमानेको मनकामना चोक नजिक गोरेटो बाटो छेउमा विहान भेटिएको सुतली बम मध्येपृतना हेडक्वाटर सुपारेटारबाट खटिएको सेनाको टोलीले डिस्पोज गरेको हो । भोली हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा त्रास उत्पन्न गर्नका लागि राखेको बम देखेपछि स्थानीयले सुरक्षा निकायलाई खबर गरेका थिए । 
बम राखेको थाहा पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो । मकवानपुरमा यसअघि पनि उम्मेदवार रहेका उपप्रधानमन्त्री कमल थापा, पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँलाई लक्षित गरी विष्फोटको घटना भएको थियो । यस्ता घटना बढेपछि सुरक्षा निकायले सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न चोकमा आकस्मिक र नियमित चेकजाँचलाई पनि सुरक्षा निकायले बढाएको छ । 
सुरक्षाकर्मीको परिचालन बढाएपनि विष्फोटक पदार्थ भेटिने क्रम नरोकिएपछि मतदातामा भने केही त्रास देखिएको छ ।

Bomb2-1512542884.jpg
Bomb3-1512542885.jpg

Tech1-1498491689.jpg
Classictech-60-1511866170.jpg
मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम
Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण
Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा...

हेटौँडामा खेलकुद एवं व्यापार महोत्सव हुने
suman-1512999950.jpg

२५ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान मकवानपुर र औद्योगिक शान्ति नेपाल संस्थाको संयुक्त...

पराजित स्यांतानले दिए बानियाँलाई चुनौति
Rajaram-Dai-1512999488.jpg

२५ मंसिर, हेटौँडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ बाट पराजित एमाले उम्मेदवार राजाराम...

मकवानपुरमा समानुपातिकतर्फको यस्तो छ परिणाम
Election-1512998770.png

२५ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभाको निर्वाचनको मतगणना मकवानपुरमा पनि जारी छ ।...

कसले कहाँ जिते सुचिसहित
Election-1512987056.jpg

२५ मंसिर, हेटौँडा । मंसिर  १० र मंसिर २१ गरी दुई चरणमा सम्पन्न  निर्वाचनको प्रतिनिधिसभातर्फ  हालसम्म १४५  ...

रेडियो अनमोलको परिक्षण शुरु
Radio-Anamol-1512986390.jpg

२५ मसिंर, हेटौँडा । हेटौँडामा सोमबारदेखि रेडियो अनमोल ९० मेगाहर्जले आफ्नो परिक्षण प्रसारण शुभारम्भ गरेको छ...

बानियाँको विजय जुलसमा हजारौ सहभागी (फोटो फिचर सहित)
b-1-1512919971.jpg

२४ मंसिर , हेटौँडा । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा २ को प्रदेश सभा २ बाट विजयी उम्मेदवार ईन्द्रबहादुर...

हेटौंडामा खुल्यो एक्सपर्टको शाखा 
25114948_1835912733126051-1512917465.jpg

 २४ मंसिर, हेटौंडा । अष्ट्रेलिया अध्ययन कसरी गर्ने  भनेर अन्यौलमा रहेका पिद्यर्थीहरुको लागि मकवानपुरमा...

थप समाचार