Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

यातायात मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरण गर्नेे व्यवस्था मिलाउनुस्'

11-1482756756.jpg


११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु अहिले सुनेकोले पहिले त्यसको सम्पूर्ण प्राविधिक पक्षहरु आधिकारिक रुपमा बुझेर केही समयमै विस्तृत निर्णय लिने बतााए ।
त्यस्तै यातायात कार्यालय हेटौंडाका प्रमूखलाई निर्देशन दिंदै मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरणलगायत अन्य यातायातसम्बन्धी कार्य गराउनको लागि केके समस्या छ भन्नुहोस्, म केहीदिनभित्रै सम्पूर्ण समस्या समाधान गरिदिन्छु । त्यसको लागि तपाईले मलाई समस्याहरु बताउनुहोस् ।'
छलफल कार्यक्रममा मन्त्री लेखकले विपिको सपना रहेको कान्तिलोकपथ सडक निर्माण काँग्रेस पार्टीले शुरू गरेको र काँग्रेसकै नेतृत्वमा सम्पन्न गर्ने बताए । एमाले माओवादी सरकारमा हुँदा कहिल्यैपनि यो सडकमा ध्यान नदिएको बताए ।

मन्त्री लेखकले जसरी पनि चुनाव हुन्छ र लोकतन्त्रमा चुनावको विकल्प नभएकाले चुनावको लागि तयारी गर्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल तरुण दलका निवर्तमान सभापति एवं ललितपुर क्षेत्र नम्बर १ सांसद उदयसमशेर राणा, वाग्लुङ जिल्ला सांसद प्रकाश पौडेल, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहार माइकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहाकार रिता खनाललगायत जिल्ला कार्यसमिति र नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

थप समाचार