राजनीति

रात्रीभोजको बजेटबारे विरोध नगर्न मूख्यमन्त्रीको आग्रह

DM-Paudel1-1530630987.jpg

१९ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आगामी आर्थिक बर्षको बजेट पारित भएपछिको रात्रिभोजमा विनियोजन भएको बजेटको विरोध नगर्न आग्रह गरेका छन् । 
प्र्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले विरोध नगर्न आग्रह गरेका हुन् । उनले भने–‘हात जोडेर भन्छु रात्रीभोजको बजेटबारे विरोध नगर्नुस् ।’ बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । बजेट विनियोजनमाथि प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए । 
रात्रिभोजका लागि विनियोजन गरिएको १० लाख रुपैँयाको समर्थन गर्दै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले पनि बजेट पास भएको खुशीयालीमा अहिले छुट्याएको १० लाख अपुग भएको भन्दै थप १० लाख छुट्याउनुपर्ने बताएका थिए । उनले आफुले पनि धेरैसंग बजेट निर्माणका क्रममा सुझाव लिएको, कर्मचारीसमेत यसमा खटिएको भन्दै केही रमाईलो गर्नका लागि बजेट विनियोजन भएको बताए । ३५ अर्ब बजेटको अति नै न्यून बजेट रात्रि भोजमा राखेको भन्दै विरोध गर्नु नपर्ने बताए ।
प्रदेशसभा बैठकमा मूख्यमन्त्री पौडेलले विगतमा विस्तृत परियोजना प्र्रतिवेदन (डिपिआर) तयार भईसकेका योजनाबारे बजेट परेकोबारे सरकारलाई जानकारी नभएको भन्दै यसको जिम्मेवारी योजना दिनेले नै लिनुपर्ने बताएका थिए । उनले यसमा त्रुटी भएको स्विकार गर्दै आगामी दिनमा यस्तो हुन नदिन राष्ट्रिय योजना आयोगमार्फत योजना कार्यान्वयन गरिने बताए ।


Tech1-1498491689.jpg
60cc-Hetauda-1543567953.jpg
Health-Adv2-1529145952.jpg
बस्तीपुरमा बसको ठक्करबाट एक को मृत्यु
IMG_20190219_024322-1550523585.jpg

 ७ फागुन, हेटौडा।सोमबार राती पुर्व पश्चिम् लोकमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका १९ बस्तीपुर र दामसिटार...

सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक ( सूची सहित)  
images_cms-image-00006332-1550505205.jpg

६ फागुन, हेटौँडा । सरकारले नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।संघिय मामिला तथा सामान्य...

काठमाडौंमा छतबाट खसेर भारतीयको मृत्यु
Death-1550504111.jpg

६ फागुन, काठमाडौं । काठमाडौंमा छतबाट खसेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत उत्तर प्रदेश...

प्रहरीद्वारा ४१ लाख रुपैँयासहित दुईजना पक्राउ
Nepalese-Rupese-1550502882.jpg

६ फागुन, रुपन्देही । रुपन्देहीमा प्रहरीले डण्डाबाट ४१ लाख रुपैँया भन्दा बढि रकमसहित दुईजनालाई पक्राउ गरेको छ...

नक्कली नेपाली रुपैँयासहित मकवानपुरका दुई पक्राउ
Arrested-1550501877.jpg

६ फागुन, कास्की । पोखराबाट प्रहरीले मकवानपुरका दुईजनालाई नक्कली नेपाली रुपैँयासहित पक्राउ गरेको छ । पोखरा...

विधिहिनताले विकराल स्थिति सृजना हुनुहुन्न : ज्ञानेन्द्र
Gynendra-1550500350.jpg

६ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विधिहिनताले विकराल स्थिति सृजना हुन नहुनेमा जोड दिएका छन्...

कार्यदलसंग बैठक बस्ने नेकपा सचिवालयको निर्णय
Nekapaa-1550499744.jpg

६ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले एकता कार्यदलसंग बैठक गर्ने निर्णय गरेको छ...

घाईते प्रजिअ भट्टराईको उपचारको क्रममा निधन
cdo-bhattarai-1550496666.jpg

६ फागुन, हेटौँडा । पुर्व पश्चिम लोकमार्गको बारा पसाहा १० किलो भन्ने स्थानमा भएको जिप दुर्घटनाका घाइते बाराका...

प्रजातन्त्र दिवसको अवसरमा हेटौँडामा अन्तरक्रिया
Bp-Bichar-1550495798.png

६ फागुन, हेटौँडा । विपि विचार समाज मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ । ६८ औं...

थप समाचार