Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

रानी वनको भेलामा १६ जना सम्मानित

Rani-Ban-1576335737.jpg

२८ मंसिर, हेटौँडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न विद्यामा उत्कृष्ठ काम गर्ने १६ जनालाई सम्मानित गरेको छ । समूहको शनिवार भएको २३ औं वार्षिक साधारणसभामा १६ जनालाई सम्मान गरेको हो । 
समूहले ज्येष्ठ उपभोक्ता चुडामणी ढुङगाना र सावित्री ढकाल, सालक संरक्षणमा सहयोग गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन, समूहलाई विभिन्न क्षेत्रहरुमा सहयोग गर्ने सव डिभिजन वन कार्यालय हेटौडाका वनरक्षक दिपेन्द्र राई, समुहको विधान तथा कार्ययोजनाम पुनरावलोकनमा सहयोग गर्ने निश्चल घिमिरे र अनुप पोखरेललाई सम्मान गरिएको थियो । यसैगरी संचारकर्मीतर्फ धिरज ढकाल उत्कृष्ठ विद्यार्थीमा विदुर घिमिरे र अनुपा सापकोटा र वनडढेलो नियन्त्रणतर्फ नानीमाया रुम्बा, सन्ध्या श्रेष्ठ, भीमसेन पौडेल, केदार अधिकारी, रोहित पौडेल र रोशन पौडेललाई सम्मान गरिएको थियो । 
साधारणसभामा समूहका अध्यक्ष कृष्ण बिडारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७६/०७७ को लागि करीव ४५ लाखको अनुमानित आयव्यय विवरण, लेखा समितिका संयोजक श्यामकुमार श्रेष्ठले लेखा समितिको प्रतिवेदन र कार्यालय सचिव भीमसेन पौडेलले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत इमनाथ पौडेलको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
साधारणसभामा मकवानपुरगढी–४ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा–६ का वडा सदस्य रामहरी राई, डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत अच्युत लामिछाने, सव डिभिजन वन कार्यालय, हेटौडाकी सहायक वन अधिकृत गायत्री शर्मा, कालीका चण्डीका सामुदायिक वनका अध्यक्ष शिवराम थापा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरबकुमार पराजुली, हिमाल महिला बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जानुका दाहाल, श्रमिक साना किसान कृषि सहकारीकी उपाध्यक्ष मानकुमारी पाख्रिन, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित
madesh-pradesh-1742890273.jpg

१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...

कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु
Truck-1742889856.jpg

१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...

विद्यार्थीहरुद्वारा उर्जामन्त्री खड्काको पुत्ला दहन
Urja-1742889225.jpg

१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...

सुनको मूल्य घट्यो
Gold-1742888442.jpg

१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...

रानी वनमा रुद्रपुर धमिनाताल सामुदायिक वनकाे अवलोकन
Screenshot_20250325_12321-1742885347.jpg

१२ चैत, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहको रुद्रपुर धमिनाताल सामुदायिक...

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु, सहचालक घाइते
images-1742884552.jpg

१२ चैत, हेटौंडा। त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान मुग्लिन नारायणगढ...

कुलमान हटाएकोमा कांग्रेस महामन्त्रीहरूको आपत्ति
Gagan-bishwo-prakash-shar-1742866861.jpg

१२ चैत, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति...

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
KP_oli-1742866166.jpg

१२ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्...

पहाडी भूभागमा मौसम आंशिक बदली रहने
mausam_badali-1671161633-1742865347.jpg

१२ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशको पहाडी...

थप समाचार