Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

रानी वनको साधारणसभामा १६ जनालाई सम्मान

Kapil-Khadka-1544270429.jpg

सम्मान ग्रहण गर्दै संचारकर्मी कपिल खड्का ।

२२ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन, कार्यालय सचिव भीमसेन पौडेलले लेखा परिक्षण प्रतिवेदन र कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७५÷०७६ को लागि करिब ३४ लाखको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
भेलामा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठक, डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजनल वन अधिकृत अजय विक्रम मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेशकी कोषाध्यक्ष निर्मला न्यौपाने, सदस्य खडानन्द चौलागाई, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ हेटौँडाकी सचिव नानीमैया रुम्बालाई सम्मान गरिएको थियो ।
त्यसैगरी, सव–डिभिजन वन कार्यालय हेटौँडाकी सहायक वन अधिकृत गायत्री शर्मा, संचारकर्मी कपिल खड्का, ज्येष्ठ उपभोक्ता ठूलीमाया घलान, हरिप्रसाद डोटेल, उत्कृष्ट विद्यार्थी प्रविण सापकोटा, संगिता घिमिरे, पूर्व वन हेरालु खिलनाथ अधिकारी, निर्वाचन समितिका रमेशप्रसाद लामिछाने, अर्जुनप्रसाद चौलागाई र राजकुमार चौलागाईलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय सभा सदस्य रामचन्द्र राईको प्रमुख आतिथ्यता एवं वन समूहका अध्यक्ष कृष्ण विडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक, डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजनल वन अधिकृत अजेयविक्रम मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघ ३ नम्बर प्रदेश अध्यक्ष विनोद सापकोटा, सदस्य खडानन्द चौलागाई, हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुरगढी वडा नम्बर ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, बंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष उज्वल चौलागाई, बंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
चेन्नईमाथि लखनउद्वारा आठ विकेटको शानदार जित
IPL1-8-1713591143.jpg

८ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्समाथि लखनउ सुपर...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु हुँदै
Screenshot_20240420_09125-1713583687.jpg

८ बैशाख, काठमाडौं । नेकपा एमालेको दुई दिने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक शनिबारदेखि शुरु हुँदैछ...

हेटौंडा ८ मा रहेको कार्टुन उद्योगमा आगलागी
Screenshot_20240420_09152-1713583837.jpg

८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...

फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

थप समाचार