खेलकुद

लामिटार कपः आयोजक लामिटर र जनजागरण क्लब सेमिफाइनलमा प्रवेश 

FootballLamitar-1539263261.jpg

२५ असोज, हेटौँडा । मकवानपुरको हाडीखोलामा जारी प्रथम लामिटार कप फुटबल प्रतियोगितामा आयोजक लामिटार यूथ क्लवको ए टिम र मसिनेको जनजागरण क्लव सेमीफाइनल प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा आयोजक लामिटरले पाल्दमारको आरआर एफसीलाइ ३–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । लामिटारको जितमा क्याप्टेन सुमन राईले २ गोल गरे भने एक गोल उपहार स्वरुप पायो । खेलको म्यान अफ द म्याच लामिटारका राइ घोषित भए । 
यस्तै बिहीबार भएको दोस्रो खेलमा खरङ्गा एफसी मनहरीलाई हराउदै मसिनेले सेमिफाइनलमा स्थान बनाएको छ । मसिनेले खरङ्गालाई ३–१ गोल अन्तरले हराएको हो । मसिनेको तर्फबाट कुमार लामाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै मसिनेको जितमा मनिष लामा र बिनय लामाले एक–एक गोलको गरे । खरङ्गाको तर्फबाट एकमात्र गोल पेनाल्टी मार्फत सुनिल मल्लले गरे । 
खेलको म्यान अफ द म्याच मसिनेका कुमार लामा भए ।
जारी प्रतियोगितामा शुक्रबार सेमीफाइनल प्रवेशको लागि हरियाली युवा क्लव ज्यामिरे र सुनाचुरीको सयपत्री युवा क्लव विच खेल हुने छ भने अर्को खेल प्रतापपुर युवा क्लव र शक्ति युवा क्लव मनहरीको बीच हुनेछ ।
प्रतियोगितामा खेलकुद समन्वय समिति हेटौंडा–१९ का अध्यक्ष राजु घलेले म्यान अफ द म्याचको व्यवस्था गरेका हुन् । ३० गते फुलपातिको दिन सम्म सन्चालन हुने प्रतियोगितामा मनहरी गाउँपालिकाको २१ वटा क्लवको सहभागिता रहेको छ । 
प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपबिजेताले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै बिधागत उत्कृष्ट खेलाडीलाई समेत नगदको व्यवस्था गरिएको आयोजक लामिटार यूथ क्लवले जनाएको छ ।
 


Tech1-1498491689.jpg
Classic-1536649654.jpg
Health-Adv2-1529145952.jpg
पिपिएलको प्रतियोगिता निर्देशकमा पटवाल
Umesh-Patwal-1540222321.jpg

५ कार्तिक, काठमाडौं । पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि उमेश पटवाल प्रतियोगिता निर्देशक नियुक्त...

भीमफेदी बाल गृहका बालिकालिकालाई दशैँ टिका
Child-home-1-1540219802.JPG

५ कात्तिक, हेटौँडा । मकवानपुरको भीमफेदीस्थित बाल गृहका बालबालिकालाई दशैँको अवसरमा टिका लगाएर शुभकामना आदान...

नेकपाका प्रवक्ता नारायणकाजीको राजीनामा अस्वीकृत
1533106422_NarayanKajiShr-1540217010.jpg

५ कार्तिक, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता पदबाट दिएको...

पाटनको खड्ग जात्रा सम्पन्न
patan-1540216060.png

५ कार्तिक, हेटौँडा । पाटनको महत्वपुर्ण एवं ऐतिहासिक मानिने पायोँ अर्थात् खड्ग जात्रा विधि पुर्वक सम्पन्न भएको छ...

बाहिरिए अनु मल्लिक इण्डियन आइडलबाट
annu-mallik-1540215137.jpg

५ कार्तिक, हेटौँडा । यौन उत्पीडनको आरोप लागेका संगिताबार अनु मल्लिक चर्चित रियालिटी शो ’इन्डियन आइडल’को...

कृष्णनगर बजार क्षेत्रमा पुनः लगाइयो कर्फ्यु
2-1540214146.png

५ कार्तिक, हेटौँडा । कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा पुनः कर्फ्यु लगाइएको छ । दुर्गा पूजाको मूर्ति विसर्जन...

ताइवानमा रेल दुर्घटनामा परि १८ जनाको मृत्यु 
Taiwan-Train-Accident-1540176541.jpg

५ कार्तिक, हेटौंडा । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७०...

यस्तो  छ  संयुक्त सुमो काउण्टरमा देखिएको यात्रुहरुको भिड (फोटो फिचर)
44497062_510159589500926_-1540135011.jpg

४ कार्तिक, हेटौँडा । हेटौँडा बसपार्कका साथ्र  हेटौँडा १ चौकिटोलमा रहेको संयुक्त सुमो काउण्टरमा यात्रुहरुको...

आबुखैरेनीमा बस दुर्घटना ३२ घाइते
IMG_20181021_173710-1540123133.jpg

४  कार्तिक  दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज अपराह्न भएको बस दुर्घटनामा ३२ जना घाइते...

थप समाचार