Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण

Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो । 
२०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापाले जित्नु बाहेक सबै समय कम्युनिष्टहरुले जितेको जिल्ला मकवानपुरमा पछिल्लो दुईवटा निर्वाचनमा लगातार ‘लालकिल्ला’ तोडिएको छ । राप्रपा अध्यक्ष कमल थापाले यसपालीको चुनावी अभियानका क्रममा भन्ने गर्थे–‘ईन्द्र बानियाँ लालकिल्ला भत्काउन ओस्ताद छन्, यसपाली पनि भत्काउने निश्चित छ ।’ थापाको चुनावी भाषणलाई मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का मतदाताले यथार्थमा बदलिदिएका छन् ।
२०५१ साल बाहेक निरन्तर एमाले र २०६४ मा मकवानपुरमा माओवादीले विजय हासिल गरेको थियो । एमालेले सबै क्षेत्र जितेपछि यसलाई लालकिल्ला घोषणा गरिएको थियो । यो क्रम २०७० सालसम्म कायम पनि रहेको थियो । २०६४ सालमा लालकिल्ला भत्काउन कोशिस गरेका नेपाली कांग्रेसका उम्मेदवार बानियाँ पहिलो पटक भने असफल भए । तर बर्षौदेखिको कम्युनिष्ट किल्ला बानियाँले पहिलो पटक आफ्नो दोस्रो प्रयासमा भत्काउन सफल भए । बर्षौदेखि कांग्रेसलाई मतदान गरेपनि पराजित कांग्रेसजनमा २०७० सालमा लालकिल्ला भत्काएर बानियाँले नयाँ उर्जा थपे । 
एक पटक लालकिल्ला भत्काएपनि पुनः आफ्नो किल्ला फर्काउने दावि कम्युनिष्टहरुले गर्दै आए । संयोग, २०७४ सालको प्रतिनिधि एवं प्र्रदेश सभा निर्वाचनमा बाम शक्ति एक भए । त्यसपछि उनीहरु ढुक्क थिए यसपाली ईन्द्रबहादुर  बानियाँलाई पराजित गरेर लालकिल्ला फर्कन्छ भन्नेमा । तर प्रतिनिधिसभाको २ क्षेत्र र प्रदेशसभाको ३ क्षेत्रमा बाम गठबन्धन विजयी भईरहँदा बानियाँले लालकिल्ला बनाउने अभियानमा पूर्ण विराम लगाईदिए । 
प्रतिनिधिसभामा राप्रपा अध्यक्ष कमल थापा, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनासहित प्रदेशमा लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार पराजित हुँदा बानियाँ एक्लै विजयी भए । त्यसपछि चोक चौतारा, चियापसलसहित मकवानपुरमा बानियाँको जितका कारणबारे चर्चा शुरु भएको छ । यस्ता छन् बानियाँ विजयबारे चलेका चर्चा ।

१) विकासप्रेमी नेता : बानियाँ आफैं पनि निर्माण व्यवसायी हुन् । उनलाई विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउन गाह्र्रो छैन । आफ्नो पेशागत अनुभवलाई बानियाँले राजनीतिमा पनि प्रयोग गरे । विकासका लागि आवश्यक साधन आफैंसंग भएका बानियाँले ‘सके राज्यबाट, नसके आफैं’ को रणनीति अवलम्बन गर्ने गर्दछन् । अन्य उम्मेदवार राज्य कोषबाट आउने बजेटबाट मात्रै आफ्नो क्षेत्रको विकासमा विश्वास गर्छन् । तर बानियाँले राज्यकोषबाट मात्रै नभई आफ्नै व्यक्तिगत प्रयासमा सडक, खानेपानी योजना, विद्युतिकरण, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा काम गर्छन् । भाषण गर्दा पनि बानियाँले सके राज्यकोषबाट ल्याउँछु नसके मेरो खल्तिबाट भएपनि तपाईहरुको काम गर्छु भन्ने गर्दछन् । आफ्नो विजयको छोटो अवधिमा पूर्व मकवानपुरमा देखिने विकास गरेकै कारण बानियाँले विकासप्रेमी नेताको छवि बनाएका छन् । अहिले पनि मकवानपुरेमाझ कान्तिलोकपथ, धरान चतरा सडक लगायतका पूर्वाधारमा ठूलो बजेट ल्याउन बानियाँले गरेको पहलको प्रशंसा छ । मकवानपुरेले कहिल्यै कल्पना नगरेको पदमपोखरीमा एयरपोर्ट बनाउने योजना पनि उनले आफु राज्यमन्त्री हुँदा परिकल्पना गरी केही काम पनि अघि बढाएका थिए । त्यो पनि सकारात्मक वा नकारात्मक कोणबाट मकवानपुरमा चर्चामा छ ।

२) निरन्तरको प्रयास : २०६४ सालमा हार व्यहोरेका बानियाँ त्यस्ता उम्मेदवार हुन् जो हार व्यहोरे पनि निरन्तर जनतामाझ गईरहे । जनतासँग सधैं सम्पर्कमा रहेर उनीहरुका विकासे काम होस् या व्यक्तिगत काममा निरन्तर साथ दिईरहे । यसको फलस्वरुप उनीप्रति जनताको विश्वास बढ्दै गयो । विगतमा जितेका उम्मेदवार गाउँ नपुग्ने प्रवृत्तिलाई बानियाँले परिवर्तन गर्दै हारे पनि जनतामाझ रहीरहने स्वभावका कारण उनी जनतामाझ लोकप्रिय बन्दै गए । २०६४ देखि २०७० सम्म पूर्ण रुपमा आफुले हारेको क्षेत्रमा संगठन सुदृढिकरणसंगै विकासका काममा जोडिए । उनको निरन्तरताको प्रशंसा मकवानपुरमा हुने गरेको छ ।

३) जिम्मेवारीमा रहँदा पनि जनतामाझ : २०७० सालको निर्वाचनमा विजय भएपछि बानियाँले पार्टीदेखि राज्यमन्त्रीसम्मको जिम्मेवारी पाए । नेपाली कांग्रेस मकवानपुरको सभापति, संस्कृति पर्यटन तथा नागरिक राज्यमन्त्री, गृहराज्यमन्त्री जस्ता जिम्मेवारी संगै आप्mनो सांसदको जिम्मेवारीलाईं बानियाँले कहिले नि भुलेनन् । बानियाँ गृहराज्यमन्त्री भएकै समयमा शान्तिपूर्ण ढंगबाट देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भयो, यो पनि उनको राजनैतिक जीवनका लागि सम्झन लायक बन्यो । मकवानपुरे जनता भन्छन्–‘कमल थापा पटक पटक मन्त्री भएपनि जनतामाझ पुगेनन्, तर बानियाँ जुन पदमा पुगेपनि जनतासंग जोडिए, उनको घर सबैका लागि खुल्ला रह्यो ।’ आफु मन्त्री हुँदा पनि निरन्तर आप्mनो क्षेत्रमा पुग्ने र क्षेत्रका समस्या समाधानमा लागि परे । त्यसैले पनि मतदातामा बानियाँप्रतिको सकारात्मक छाप रह्यो ।

४) केन्द्रीय बजेट भित्र्याउन माहिर : २०७२ सालको भुकम्पमा अन्य सांसदहरु रित्तो हात जिल्ला आउँदा बानियाँ भने गृहमन्त्रालयबाट त्रिपालको पोका बोकेर जिल्ला आए । आफु काठमाण्डौंमै हुँदा यहाँका कपडा व्यवसायीसंग समन्वय गरी सहयोग जुटाए र मकवानपुर आउने वित्तिकै आफ्नो क्षेत्रको राईगाउँ, फापरवारी, बेतिनि, ठिंगन, मन्थली, धियाल लगायतका क्षेत्रमा एक साताभित्रै प्रारम्भिक राहत बोकेर पुगेका थिए । राहत वितरणमा पनि उनले एकलौटी गरेर चर्चा कमाउने भन्दा पनि सबै दलका नेताहरुलाई लैजानु पर्छ भन्ने उद्देश्यले एमालेका नेता कृष्णप्रसाद दाहाल र आफुसंग पराजित माओवादी उम्मेदवार सर्केस घलानलाई पनि संगै लिएर गएको प्रसंग चर्चामा छ । संस्कृति पर्यटन तथा राज्यमन्त्री हुँदा मठमन्दिर, गुम्बा, चर्चाको विकासका लागि मन्त्रालयबाट १ करोड ७५ लाख विनियोजन हुँदा बानियाँले मकवानपुरमा १ करोड ३९ लाख रुपैँया भित्र्याउन सफल भए । तत्कालिन जिल्ला विकास समितिको निगरानीमा धेरै मठमन्दिर त्यो बजेटबाट निर्माण, मर्मत एवं जिर्णोद्वार भएका छन् । बानियाँ आप्mनो क्षेत्र मात्रै नभई मकवानपुरभरी नै केन्द्रीय बजेट ल्याउन माहिर नेताको रुपमा परिचित छन् ।

५) निष्पक्षता र सक्रियता : थाहा दर्शनका प्र्रणेता रुपचन्द्र विष्टकै भाषामा भन्दा ‘निष्पक्ष सक्रियताको अभ्यास’ कै बानियाँको लोकप्रियता बढ्दै गएको हो । विद्यार्थी, तरुण जस्ता भातृ संगठन हुँदै राजनीतिमा प्रवेश गरेका बानियाँको राजनीतिमा निरन्तरता छ । उनी राजनीतिमात्रै नभई सामाजिक क्षेत्रका पनि ठूलो सहयोगीका रुपमा चिनिन्छन् । जिल्लामा हुने हरेक ठूला गतिविधिमा बानियाँको भौतिक, नैतिक एवं आर्थिक सहयोग रहेको हुन्छ । सामाजिक एवं धार्मिक क्षेत्रमा उनको सहयोग मकवानपुरका सबैमाझ घाम झैं छर्लङ्ग छ । सहयोगको अपेक्षासहित बानियाँसम्म पुग्ने सबै बानियाँबाट खालि हात फर्कनु पर्दैन भन्नेमा ढुक्क हुने गर्दछन् । बानियाँ पनि आफुले सकेको नगद वा जिन्सी सहयोग गर्न पछि पर्दैनन् । उनको अर्को सकारात्मक विषय भनेको बानियाँको ‘निष्पक्षता’ हो । आफुसंग सहयोग माग्नेसंग राजनैतिक आँखाले नहेर्ने बानिका कारण सबै दल, समुदाय र वर्गमाझ बानियाँप्रति सहानुभुति र सहयोगको भावना छ । समस्यामा परेकाहरुलाई आफुले सकेसम्म सहयोगको प्रयास गर्ने कारण नै बानियाँमाझ मकवानपुरेको सकारात्मक धारणा छ ।

६) प्रतिवद्धता अनुसार काम गर्ने : बानियाँको सबैभन्दा ठूलो सम्पत्ति भनेको आफुले प्रतिवद्धता गरेको काम पुरा गर्न प्रत्यनशिल रहनु हो । २०६४ संविधान सभामा गरेको प्रतिवद्धता अनुसार बानियाँले आफुले ९० प्रतिशत काम गरेको दावि गरेका छन् भने बाँकी रहेको काम पनि पुरा गर्ने प्रतिवद्धता गरेका छन् । अधिकांशले बानियाँलाई आफ्नो कार्यक्रममा निम्तो गरे केही न केही सहयोगको प्रतिवद्धता आउँछ र त्यो पुरा हुन्छ भन्नेमा विश्वास राख्ने गर्दछन् । बानियाँ जुनसुकै कार्यक्रममा पनि आफ्नो व्यक्तिगततर्फ गर्न सक्ने नगद वा जिन्सी सहयोगको प्रतिवद्धतासंगै राज्यबाट ल्याउन सक्ने बजेट स्पष्ट अंकमा भन्ने गर्दछन् । त्यही प्रतिवद्धता अनुसार उनले पुरा गर्ने पनि गर्दछन् । उनको यही सकारात्मक बानिले उनलाई चर्चाको शिखरमा पुर्याएको छ । धेरैको साझा भनाई छ–‘अरु नेता मुठ्ठी कस्छन्, बानियाँ दिलै खोल्छन् ।’

७) आकर्षक व्यक्तित्व : नेपाली कांग्रेस मकवानपुरमा विगतका नेता भन्दा बानियाँको लोकप्रियता भिन्न छ । उनी आफ्नो नेता, कार्यकर्तामाझ मात्रै नभई मकवानपुरका अन्य दलका समकक्षी नेतामाझ पनि आकर्षक व्यक्तित्वको रुपमा परिचित छन् । अहिले मकवानपुरमा कुनै नेताको बारेमा चर्चा हुन्छ भने बानियाँकै चर्चा हुने गर्दछ । आफ्नो पार्टी भित्र मात्रै हैन अन्य दलका नेताहरुमाझ पनि बानियाँको व्यक्तित्व छलफलको विषय बन्ने गर्दछ । बानियाँ जता गयो त्यही अन्य दलका जिल्लादेखि गाउँ तहका नेता कार्यकर्तालाई नजिक बनाउने खुबी भएका नेताको रुपमा उनको चर्चा अन्य दलमा छ । त्यही कारण पनि विगतमा भन्दा नेपाली कांग्रेसप्रति मकवानपुरमा आर्कषण बढेकाले जनमत समेत बढेको छ । यसको प्र्रभाव स्थानीय तहको निर्वाचनबाट प्रमाणित भईसकेको छ । बानियाँको छवि राजनैतिक क्षेत्रमा मात्रै नभई प्रशासनिक क्षेत्रमा पनि प्रभावशाली छ ।

८) कार्यकर्ताको संरक्षण : बानियाँ आफ्नो कार्यकर्ताको संरक्षण गर्ने नेताको रुपमा परिचित छन् । आप्mना कार्यकर्ताको समस्या समाधानमा बानियाँ लागि पर्ने भएकाले पनि नेपाली कांग्रेसमा अन्य दलका कार्यकर्ताको आकर्षण बढेको हो । अन्य दलका कार्यकर्तामाझ पनि बानियाँको कार्यकर्ता संरक्षण गर्ने सोच लोभ लाग्दो भएको चर्चा हुने गर्दछ । बानियाँ कार्यकर्ता पनि बाँच्नुपर्छ भन्ने धारणा राख्छन् तर आफ्नो नेताहरुमा त्यस्तो सोच नरहेको अन्य दलका कार्यकर्ताहरुको ठम्याई छ । आफ्नो नेता कार्यकर्ताले ल्याएका विकासका काम होस् या व्यक्तिगत समस्या, समाधानका लागि बानियाँले सहयोग गर्ने गर्दछन् । ‘अरुले आफै गएर भनेको काम हुँदैन, बानियाँले फोन गरिदिए पुग्छ’–उनीसम्म पुग्नेहरु भन्छन् ।

चर्चामा रहेका केही कमजोरी पनि छन् बानियाँका ।
आफ्नो समय व्यवस्थापन गर्न नसक्नु बानियाँको मूख्य कमजोरीको रुपमा चर्चा गरिन्छ । व्यवसाय, पार्टी राजनीति र सांसदको रुपमा आफ्नो क्षेत्रको समस्यामा समय दिनुपर्ने भएकाले बानियाँले ठूलो चुनौतिका साथ समय व्यवस्थापन गर्नु परिरहेको धेरेको बुझाई छ । बानियाँ सबैसंग सहज पहुँचमा रहेका कारण अनावश्यक ढंगबाट घेरेर आफ्नो व्यक्तिगत आकांक्षा पुरा गराउनेहरुको संख्या बढ्दो छ, यसबाट जोगिनु बानियाँलाई चुनौतिको विषय रहेको गुनासो छ । कुटनैतिक ढंगबाट व्यवहार गर्ने भन्दा पनि स्पष्ट ढंगले विषय राख्ने कारणले पनि बानियाँलाई कहिलेकाँही आफ्नै निर्णयले अप्ठ्यारोमा पार्ने गरेको छ । पार्टीमा गुटबन्दीको अन्त्य गर्न लागि परेका उनले नसकेको गुनासो संगै भातृ संगठनलाई अपेक्षाकृत परिचालन गर्न नसकेको आरोप पनि छ । उनको अर्को कमजोरीको रुपमा आफुले व्यवसायिक रुपमा लिएका काम समयमै पुरा गर्न नसक्नु पनि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार