Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

लोक सेवा हातामा बृक्षरोपण

19179541_1400871006669219-1497544573.jpg

१ असार, हेटौंडा । लोक सेवा आयोग स्थापना भएको ६७ वर्ष पुगेको छ । आयोगले आफ्नो बार्षिकोत्सवको अवसरमा लोक सेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौंडाले कार्यालय हातभित्र बृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेको छ । 

कार्यालयले बिहीबार बृक्षरोपण, छलफल र सरसफाई कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो । कार्यालय परिसरमा फूल र विभिन्न जातको विरुवा रोपिएको छ । कार्यालय प्रमुख केशवराज त्रिपाठीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रजिअ दुवाडीले लोक सेवा आयोगलाई मन्दिरको संज्ञा दिएका छन् । उनले सरकारको निष्पक्षता झल्कने आयोगले देशका दक्ष जनशक्तिलाई जनताको सेवामा परिचालन गरेको बताए ।

कार्यक्रममा कार्यालय प्रमुख त्रिपाठीले आव २०७२/०७३ मा हेटौंडाबाट ३ सय १२ जना सरकारी सेवा नियुक्त भएको जानकारी दिए । उनका अनुसार २८ जना बैकल्पिकमा रहेकालाई आयोगले विभिन्न कार्यालयमा नियुक्त गरेको छ ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बीरेन्द्रजंग थापा, जिल्ला समन्वय समिति प्रमुख नारायण मैनाली, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका कोषाध्यक्ष सुदीप शिवाकोटीलगायतको आतिथ्यता रहेको थियो । कार्यालयका नायव सुब्बा कुश रिजालले कार्यक्रम सञ्चालन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार